माता तीर्थ औँसीमा मुक्तिनाथमा भक्तजनको भीड

एटुजेड समाचार

मुस्ताङ –  माता तीर्थ औँसीको अवसरमा मुस्ताङस्थित मुक्तिनाथ क्षेत्रमा आज ठूलो संख्यामा भक्तजनहरूले दर्शन गरेका छन्। नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत श्रद्धालुहरू यहाँ दर्शनका लागि पुगेका हुन्।

पितृको सम्झनामा कागबेनीमा स्नान तथा श्राद्ध गर्ने परम्परा अनुसार बिहानैदेखि कालीगण्डकी किनारमा भक्तजनहरूको चहलपहल बढेको थियो। स्नान तथा श्राद्ध सम्पन्न गरेपछि श्रद्धालुहरूले मुक्तिनाथ मन्दिरमा दर्शन गरेका छन्।

विशेष पर्वका कारण मुक्तिनाथ क्षेत्र दिनभरि नै अत्यन्तै व्यस्त बनेको थियो। नेपाली र भारतीय भक्तजनसँगै अन्य विदेशी पर्यटकहरूको पनि उपस्थिति देखिएको थियो।

स्थानीय प्रशासनका अनुसार आज मात्रै ३० हजारभन्दा बढी भक्तजनले मुक्तिनाथ मन्दिरमा दर्शन गरेका छन्। माता तीर्थ औँसीका अवसरमा हरेक वर्षझैँ यसपटक पनि यहाँ श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु