पाँचथर – युटुबमा प्रधानमन्त्री बालेन शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।
‘Hades’ नामक युटुब च्यानलमा प्रसारित सामग्रीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पोखरेललाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट दशदिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्रामा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।


