भरतपुर – दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८२ को दोश्रो दिन नीजि क्षेत्रको विशेष कार्यपत्र प्रस्तुति सहित “नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य” शीर्षकमा विषय विज्ञ र सरोकारवाला निकायहरुको सहभागितामा प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ ।
चितवन उद्योग संघका उपाध्यक्ष एवम् नीति तथा पाठशाला विभागका विभागीय प्रमुख गोपाल प्रसाद गैरेले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो ।
नेपाल उद्योग परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले कार्यपत्र प्रस्तुत सहित प्रस्तुति गर्नुभएको प्यानल छलफल कार्यक्रममा नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक राजन बिक्रम थापा, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरद बिक्रम राणा, उद्योग विभागका निर्देशक खगेन्द्र बस्नेत प्यानलिष्टको रुपमा रहनु भएको थियो । कार्यक्रमलाई आर्थिक कारोबार दैनिकका प्रमुख सम्वाददाता सरस्वती ढकालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमम वर्तमान औद्योगिक अवस्था, उद्योग र नवप्रवर्तन मार्फत आर्थिक रुपान्तरण, नीतिगत परिवर्तन र नयाँ सरकारसँगै उद्योगमा नयाँ सम्भावना तथा सरकारसँग औद्योगिक विकासको अपेक्षा तथा नीजि क्षेत्रले भोग्नु परेका समस्या र औद्योगिक पूर्वाधारको अवस्था लगायतका विषयमा छलफल गरिएको थियो ।
प्रदर्शनीबाट राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गर्ने, स्वदेशी वस्तुको प्रवद्र्धनमार्फत आयात प्रतिस्थापन र निर्यात वृद्धिलाई प्रोत्साहन गर्ने, प्रदेशहरूबीच बलियो व्यवसायिक सञ्जाल निर्माण गरी ज्ञान, अनुभव र प्रविधिको आदानप्रदान गर्ने, उद्यमीहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्दै औद्योगिक सहकार्य र नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने, नयाँ उद्यमीहरूको सिर्जना, युवाहरूलाई उद्यमशीलताप्रति प्रेरित गर्ने, रोजगारी वृद्धि र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत स्वदेशी उद्योगको उन्नति र समृद्ध राष्ट्र निर्माणमा योगदान पु¥याउने, लगानीकर्ता र स्टार्टअपहरूबीच प्रत्यक्ष भेटघाट (बिटुबि) का माध्यमबाट व्यवसायिक सञ्जालको विकास गराउने योजना रहेको छ ।
प्रदर्शनीमा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व रहेको यस प्रदर्शनीमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र मुख्य प्रबद्र्धकको रुपमा रहेको छ । भने इन्सुरेन्स पार्टनरमा राष्ट्रिय विमा कम्पनी लि., होम यप्लाईन्स पार्टनरमा डिएचआई ह्प्पियर होम, बैकिङ्ग पार्टनरमा लक्ष्मी सनराईज बैंक, फुड एण्ड स्क्याक्स पार्टनरमा रिजाल फुड एण्ड वेभरेजेज, बेभरेज पार्टनरमा यति बु्रअरी, हस्पिटालिटी पार्टनरमा लर्डस होटल एण्ड रिसोर्ट (सिबिसि प्लाजा), पेन्टस् पार्टनरमा रोयल पेन्टस् प्रा.लि., कुलिङ पार्टनरमा टेस्ला ए.सी.रहेको छ ।
त्यस्तै प्रदर्शनीको सहयोगी संस्थामा सामाजिक सुरक्षा कोष, प्रबद्र्धकको रुपमा उद्योग तथा वाणिज्य कार्यालय, चितवन, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, माडी नगरपालिका लगायत चितवनका सम्पूर्ण स्थानीय पालिकाहरु रहेका छन् ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको प्यानल छलफल कार्यक्रमलाई चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्य सहित प्यानल छलफल कार्यक्रमको समापन गर्नुभएको थियो ।


