चितवन – लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आर, नेपालको गभर्नर पदमा प्रभाकर पण्डित निर्विरोध निर्वाचित भएका छन्। लायन वर्ष २०२६/२७ का लागि गैंडाकोटस्थित नारायणी रिसोर्टमा सम्पन्न चौथो अधिवेशनबाट पण्डित गभर्नरमा चयन भएका हुन्।
निर्वाचनमा पण्डितले खसेको कुल मतमध्ये १६१ ‘एस’ भोट प्राप्त गरेका थिए। त्यस्तै, प्रथम भाइस गभर्नर पदमा दीपेन्द्र खतिवडा १५२ ‘एस’ भोट सहित विजयी भएका छन्।
दोस्रो भाइस गभर्नर पदमा कमल श्रेष्ठ १०४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी राजेन्द्र गौतमले ५९ मत प्राप्त गरेका थिए।
डिष्ट्रीक गभर्नर नवराज सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि निवर्तमान अन्तरास्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी रहेका थिए ।
नवनिर्वाचित नेतृत्वले आगामी कार्यकालमा संस्थाको सेवा, सामाजिक उत्तरदायित्व तथा मानवीय कार्यहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ ।


