सार्वजनिक यातायातको भाडा बढ्यो

एटुजेड समाचार

काठमाडौं । सार्वजनिक यातायातको भाडा बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो।

पछिल्लो समय कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्य अकाशिएको छ। योसँगै यातायात व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आएका थिए।

यद्यपी विद्युतीय सवारीसाधन र एउटै प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा भने नबढेको यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ।

विशेषगरी लामो दुरीमा चल्ने सवारीसाधनमा भाडा बढेको हो ।

विभागका अनुसार यात्रुवाहक तर्फ १६.७१ प्रतिशत भाडा बढेको छ। मालवाहक तराई १५.७५ प्रतिशत र पहाड तर्फ २१.६८ प्रतिशतले भाडा वृद्धि भएको छ।

Forbes

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु