लायन्स क्लब अफ चितवन प्रोफेसनल्सको अध्यक्षमा सनराइज अधिकारी सर्वसम्मत चयन

चितवन : लायन्स क्लब अफ चितवन प्रोफेसनल्सको अध्यक्षमा सनराइज अधिकारी सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। रोशन थापाको अध्यक्षतामा सम्पन्न क्लबको तेस्रो अधिवेशनबाट अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा दिपक शर्मा पौडेल, द्वितीय उपाध्यक्षमा मोहन गिरी, सचिवमा सुर्य दाहाल तथा सह–सचिवमा लोकनाथ शर्मा चयन भएका छन्।

त्यसैगरी कोषाध्यक्षमा दिपक सापकोटा र सह–कोषाध्यक्षमा कृष्ण बहादुर कार्की निर्वाचित भएका छन्। अधिवेशनले ७ सदस्यीय पदाधिकारीसहित २१ सदस्यीय कार्यसमिति समेत गठन गरेको जनाएको छ।

भरतपुर–७ बुद्धचोकस्थित अकबरे सेकुवा एन्ड रेस्ट्रोमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख अतिथि क्लस्टर चिफ MJF लायन राजु पिया रहेका थिए भने विशिष्ट अतिथिका रूपमा जोन ३४ का जोन चियरपर्सन ओमकार सिग्देल सहभागी रहेका थिए।

त्यसैगरी, अतिथिका रूपमा लायन्स क्लब अफ चितवन प्रोफेसनल्सका निवर्तमान अध्यक्ष एवं डिस्ट्रीक चेयरपर्सन लायन निसेश अधिकारी सहित सदस्यहरू मनोज न्यौपाने, विकास पण्डित, मोहन बहादुर राना तथा सुर्यकान्त साखीको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले लायन्स क्लबमार्फत सामाजिक सेवा, नेतृत्व विकास तथा समुदायप्रतिको उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित अध्यक्ष सनराइज अधिकारीले क्लबलाई अझ सक्रिय, सशक्त र परिणाममुखी बनाउँदै समाजसेवामा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु