चितवन – चितवन मोबाइल व्यवसायी संघको अध्यक्षमा रतन भट्ट सर्वसम्मत रूपमा चयन भएका छन्। भरतपुरमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले भट्टको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुजन लामिछाने, उपाध्यक्षमा दिपेन्द्र खड्का, सचिवमा भुपेन्द्र भट्टराई, सह–सचिवमा नवराज गिरि, कोषाध्यक्षमा सबिन निरौला तथा सह–कोषाध्यक्षमा सन्दीप सुवेदी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा रामचन्द्र पौडेल, कृष्णप्रसाद न्यौपाने, मधुप्रसाद चापागाईं, अर्जुनप्रसाद रेग्मी, रेसम नाथ रेग्मी, मनिष गिरि, कुमार भुजेल, रामकृष्ण बजगाईं, शंकर पौडेल, रञ्जित श्रीबास्तव, सोहित श्रेष्ठ र उमित श्रेष्ठ रहेका छन्।
कार्यक्रममा सल्लाहकार संयोजक जगदीश पन्त, सल्लाहकारहरू विक्रम कँडेल, दीपक प्रसाईं, संस्थापक अध्यक्ष प्रकाश अर्याल तथा सल्लाहकार सुरज पौडेललगायतको उपस्थिति रहेको थियो।
यस अवसरमा निवर्तमान अध्यक्ष श्रीधर रेग्मीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले संघलाई अझ सशक्त र व्यवस्थित रूपमा अघि बढाउन सबैको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा मोबाइल व्यवसायको वर्तमान अवस्था, व्यवसायीहरूको हकहित तथा आगामी योजनाबारे पनि छलफल गरिएको थियो। सहभागीहरूले संघलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै व्यवसायीहरूको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


