चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा पाँचदिने बेसिक नेल आर्ट तालिमको शुभारम्भ

एटुजेड समाचार

भरतपुर – चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको आयोजनामा पाँचदिने बेसिक नेल आर्ट तालिमको शुभारम्भ भएको छ ।

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेलको अध्यक्षतामा सम्पन्न तालिम शुभारम्भ कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष नीति तथा पाठशाला विभागका विभागीय प्रमुख गोपाल प्रसाद गैरे प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि गैरेले पाँच दिनसम्म सञ्चालन हुने तालिममा सक्रिय सहभागिता जनाई आफूले सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई अनुरोध गर्नुभयो ।

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी सचिव गोमा कुमारी खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा १८ जना सहभागिता रहेका छन् । तालिमलाई प्रशिक्षकद्वय आयुषा रिमाल र सुनिता विश्कर्माले प्रशिक्षण दिनुहुनेछ ।

चितवन उद्योग संघकी कार्यक्रम अधिकृत कल्पना आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, महिला उद्यमी मञ्चकी अध्यक्ष सरिता खनाल पौडेलले धन्यवाद मन्तब्य सहित प्रशिक्षकलाई फलोर हस्तान्तरण गर्नुभएको थियो ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु