मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

एटुजेड समाचार

चितवन – चितवनमा बुधबार राती मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु भएको छ ।

राती करिब ८ बजे भरतपुर-१४ राधापुरस्थित विश्वज्योति बोर्डिङ नजिकै पुलबाट मोटरसाइकल नहरमा खस्दा मोटरसाइकल चालक भरतपुर-१६ का ४० वर्षका विनोद सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राधापुरदेखि पुलिस स्कुलतर्फ जाँदै गरेको बा.प्र.०६-००६ प ७७१२ नम्बरको बुलेट मोटरसाइकल आफै अनियंत्रित भइ मोटरसाइकल दुर्घटना हुँदा चालक सुवेदी गम्भीर घाइते भएका थिए ।

उनलाइ उपचारको लागि भरतपुर अस्पताल ल्याउदा राती ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।

उता बुधबार साँझ नै ६:३० बजेको समयमा भरतपुर-२१, जानकी चोकमा बलेरो र स्कुटर ठोक्किदा दुई जना घाइते भएका छन् ।

Forbes

बिजयचोकबाट कैलाशचोक तर्फ जाँदै गरेको बा.प्र.०६-००४ प ५७४९ नम्बरको स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको बा.प्र.०३-००१ च १६०५ नम्बरको बलेरो एक आपसमा ठक्कर खाँदा स्कुटर चालक भरतपुर-२१ बस्ने वर्ष २१ की सिस्था गुरुङ र पछाडी सवार वर्ष ३९ का ईस्थन गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

उनिहरुको अवस्था मध्यम रहेको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु