इलाम प्रहरी प्रमुखमा एसपी कुल्दिप चन्द

ईलाम — जिल्ला प्रहरी कार्यालय ईलामको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) कुलदिप चन्दले सम्हाल्नु हुने भएको छ । एसपी चन्द प्रहरी संगठनमा शान्त स्वभावका अधिकृत हुन् । निडर र साहसिक क्षमताका चन्द जहाँ कार्यरत रहँदा पनि संगठनको लागि काम गर्ने अधिकृतको रुपमा चिनिन्छन् ।

कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीको सक्रियता र तदारुकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण हुने उनको बुझाइ छ । समाजमा पीडक खुलेआम हुने र पीडित झन् तनावमा पर्नुपर्ने अवस्था आउन नदिन प्रहरीको सक्रियता बढाइएको उनले बताए ।

नेपाल प्रहरी संगठनको निर्णयअनुसार एसपी चन्दलाई ईलाम जिल्लाको कमान्ड सुम्पिएको हो । जिम्मेवारी सम्हाल्दै एसपी चन्दले जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउने, अपराध नियन्त्रण तथा समुदाय–प्रहरी सहकार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता तथा बिश्वास बढेको छ ।

ईलाम जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँले बताउनुभयो । प्रचार-प्रसारमा भन्दा बढी काम गर्न रुचाउने एसपी कुलदिप चन्दले प्रहरी संगठनमा जवानदेखि अधिकृतसम्मलाई एउटै व्यवहार गर्छन् । जसले गर्दा काम गर्ने प्रहरी जवानहरुको मनोबल उच्च राख्नेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु