गैँडाकोट महोत्सवको जलपरी राखिएको डोमको उद्घाटन

एटुजेड समाचार

गैँडाकोट – चौथो संस्करणमा गैँडाकोट महोत्सवको आकर्षणको रुपमा रहेको जलपरीको आज उद्घाटन गरिएको छ ।
गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले आज जलपरी राखिएको डोमको उद्घाटन गरेका हुन् । जलपरी डोमको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले यो अद्भूत दृश्य हेर्न आउन सबै नागरिकलाई आग्रह गरेका छन् ।

महोत्सवमा राखिने जलपरी यहाँको लागि नौलो भएकोभन्दै नगरप्रमुख अधिकारीले आएर अवलोकन गर्न अनुरोध गरेका हुन् । जिल्लामा आयोजना गरिने यसप्रकारको महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणसँगै आर्थिक क्षेत्रलाई चलायमान बनाउनेसमेत  अधिकारीले बताए ।

नारायणी नदी किनारमा सञ्चालित यस महोत्सवले यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै स्थानीय उत्पादनलाई बजारसम्म जोड्न महत्वपूर्ण भूमिका खेल्ने आफ्नो विश्वास रहेको अधिकारीको भनाइ छ । नगरप्रमुख अधिकारीले उद्घाटन गरेसँगै जलपरी हेर्ने आउने दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ ।

महोत्सव आउने अधिकांश दर्शकहरु जलपरी तथा फिस टनेलको अवलोकन गर्न पुगेका महोत्सव प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले बताए । सापकोटाकाअनुसार महोत्सवको दोस्रो दिन शनिबार दर्शकहरुको उल्लेख्य सहभागिता रहेको छ ।

यसैबीच, महोत्सवको सांस्कृतिक कार्यक्रममा कलाकार प्रकाश सपूत, सीता राना, गायक तथा प्रस्तोता दीपक खड्का र सन्तोष सुवेदीलगायत स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती राखेका महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले बताए । लम्सालकाअनुसार कलाकारहरुले आफ्ना चर्चित गीतमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

महोत्सवको तेस्रो दिन आइतबार चर्चित गायिका समीक्षा अधिकारीसहितक कालाकारको प्रस्तुती लम्सालले जानकारी दिए । उनकाअनुसार अधिकारीसहित अन्य कलाकाहरु सरिता गुरुब , दीपक खड्का, आरसी पौडेलको प्रस्तुती रहनेछ
। त्यस्तै, भोलिदेखि नै भजन प्रतियोगिता समेत सुरु हुने लम्सालले बताए । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सुरु भएकोमहोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु