प्रहरी प्रती नागरिकको बिश्वास छ, शान्तिपूर्ण चुनाव गराउछौ: डिआईजी थपलिया

मधेस – मधेस प्रदेशका प्रहरी प्रमुख डिआईजी गोबिन्द थपलियाले फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर सुरक्षा संयन्त्र पूर्ण रूपमा परिचालन गरिएको बताएका  छन्  ।

मातहत प्रहरी कार्यालयको निरीक्षणका क्रममा थपलियाले निर्वाचन सम्पन्न गराउनु सरकारको संवैधानिक म्यान्डेट भएकाले यसमा सबै पक्षको सक्रिय सहयोग अपरिहार्य रहेको बताए ।‘अहिलेको सबैभन्दा ठूलो अर्जुन दृष्टि भनेकै फागुन २१ को निर्वाचन हो,’ थपलियाले भने, ‘निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकाय मात्र होइन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ।’ उनले प्रहरी एक्लैले मात्र निर्वाचनलाई सफल बनाउन नसक्ने उल्लेख गर्दै सबै सरोकारवालाबीच समन्वय र सहयोग आवश्यक रहेको बताए।

साथै प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलिया ले नागरिकहरुको सहयोग बिना प्रहरी एक्लैले शान्ति सुरक्षा कायम गर्न नसक्ने पनि वताउदै आएका छन् ।पत्रकारहरु सङगको कुराकानीमा उनले नागरिक पनि विना वर्दिका प्रहरी भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिनेमा जोड दिए ।

उनले प्रहरी भित्र पनि केही कमि कमजोरी रहको भन्दै त्यसलाई सुधार गर्दै रणनितिक कार्ययोजनाका साथ अघि बढीरहेकोे वताए । पछिल्लो समय नेपाल प्रहरी लोकप्रिय बन्दै ग्एको भन्दै उनले ठाँउठाँउमा प्रहरी चौकिको माग सङ्ग सङ्गै सुरक्षा को अनुभुती गराउन पर्ने भइरहेको वताए ।

सञ्चारकर्मीले तथ्यपरक र जिम्मेवार रिपोर्टिङमार्फत जनतामा विश्वास कायम गर्न ठूलो योगदान दिनसक्ने उनको भनाइ थियो। डिआईजी थपलियाका अनुसार जिल्लाका मतदान केन्द्रहरूलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ। सोहीअनुसार सुरक्षा योजना तयार पारेर आवश्यक जनशक्ति परिचालन गरिने उनले जानकारी दिए।

Forbes

जेनजी आन्दोलनपश्चात् प्रहरीको मनोबलका विषयमा धेरै टीकाटिप्पणी भए । हामीलाई ठूलो जनविश्वास प्राप्त भएको छ । नागरिकसँगको सहकार्यबाटै क्षतिग्रस्त भवनहरु पुनर्निर्माणमा पनि सफल भएका छौँ । हाम्रा हरेक गतिविधि र क्रियाकलापमा आमनागरिकको साथ र सहयोग छ ।

‘हरेक मतदान केन्द्र र स्थलमा गम्भीरतापूर्वक सुरक्षा व्यवस्था मिलाइनेछ,’ उनले भने, ‘निर्वाचन प्रक्रिया लोकतन्त्रको मेरुदण्ड भएकाले कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन दिन्नौं।’

प्रहरीको विद्यमान जनशक्तिले मात्रै निर्वाचन व्यवस्थापनमा अपुग हुने भएकाले ‘निर्वाचन प्रहरी’ भर्ना सुरु भएकै छ । एक लाख ३३ हजार नौ सय ८० निर्वाचन प्रहरी (म्यादी) भर्ना गर्न प्रस्ताव गरिएको छ ।

निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि, २०८२ को स्वीकृत भई कार्यान्वयनको चरणमा रहेको छ । सोहीबमोजिम भर्ना प्रक्रिया सुरु हुनेछ । त्यसलगत्तै तालिम सुरु गरिनेछ । तालिम समापनपछि सम्बन्धित निर्वाचन क्षेत्रमा उहाँहरुलाई खटाउँछौँ, चुनाव पनि सफल गराउछौ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु