काठमाडौं – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख SSP नवराज अधिकारी रहेका छन । उपत्यकाको ट्राफिक व्यवस्थापनमा अधिकारीले प्रभावकारी भुमिका खेलेका छन् ।
उनी नेतृत्वमा आएपछि भएका कामहरु स्वरूप परिवर्तन (Modified) गरी ठुलो आवाज निकाल्ने, ध्वनी प्रदूषण गर्ने र सडकमा स्टन्ट देखाउने चालकहरूलाई पक्राउ गरी कारबाही गर्ने अभियानलाई तीव्रता दिएका छन ।
उपत्यकामा नो हर्न नीतिलाई पुनः कडाइका साथ लागू गर्न उनको सक्रियता देखिएको छ । जथाभाबी हर्न बजाउने सवारी साधनहरूलाई दैनिक रूपमा कारबाहीको दायरामा ल्याएका पनि छन । त्यसैगरी उनले सडक दुर्घटना न्यूनीकरणका लागि मुख्य नाकाहरूमा माइकिङमार्फत चालकहरूलाई सचेत गराउने र सावधानी अपनाउन आग्रह गर्ने कामलाई प्राथमिकतामा राखेका छन ।
जेनजी आन्दो’लनका क्रममा क्षति ग्रस्त भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको सरसफाइ र सीमित स्रोत साधनका बाबजुद सेवालाई सुचारु राख्न उनले गरेको समन्वय प्रशंसनिय रहेको छ ।
राजधानीको ट्राफिक ब्यवस्थापन अहिले निकै चुनौतीपूर्ण अवस्थामा पुगेको थियो । यस्ता कठिन समयमा पनि ट्राफिक प्रहरीहरू जनताको सेवामा निरन्तर खटिएका छन्। आन्दोलनका क्रममा कति प्रहरीका सवारीसाधन जले, ड्रेस र व्यक्तिगत सामानहरू समेत जले, तर उनीहरू कहिल्यै आफ्नो कर्तव्यबाट विचलित भएनन् स्वयं आफै पनि बाटो मा खटिएका हुन्छन् ।अधिकारीले संकटको घडीमा पनि जनतालाई सहज आवागमन सुनिश्चित गर्न आफ्ना सम्पूर्ण टोलीलाई मनोबलका साथ काममा फर्काएका छन्।
उनको सक्रियता, इमान्दारिता र जिम्मेवारीप्रतिको समर्पणका कारण काठमाडौँ ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आएको छ। जहाँ पुगे पनि उनले आफ्नो कर्तव्य दृढताका साथ पूरा गर्दै प्रहरी संगठनको छवि उजागर गर्न महत्वपूर्ण योगदान दिएका छन्।
मातहतका युनिट इन्चार्जहरूलाई बोलाएर नागरिकमैत्री सेवा प्रदान गर्न र ट्राफिक नियम पालनामा कडाइ गर्दै सडक व्यवस्थापनलाई सहज बनाउन उनले नियमित निर्देशन पनि दिँदै आएका छन ।


