पर्सा – प्रहरी संगठनभित्र पारदर्शिता र जनविश्वास कायम गर्ने उद्देश्यसहित मधेस प्रदेशका ८ जिल्लामा कार्यरत घुमुवा प्रहरीलाई हटाइएको मधेस प्रहरी कार्यालयले जनाएको छ।
मधेस प्रदेशका विभिन्न जिल्लामा घुमुवा प्रहरीका कारण सर्वसाधारणमा त्रास फैलिएको तथा अनियमित गतिविधि बढेको जनगुनासो व्यापक रूपमा आएपछि मधेस प्रदेश प्रहरीप्रमुखले कडा कदम चालेको छ।
पछिल्लो समय घुमुवा प्रहरीको नाममा अवैध असुली, डर त्रास देखाउने, व्यापारी तथा सर्वसाधारणलाई अनावश्यक दबाब दिने लगायतका गतिविधि बढेको भन्दै स्थानीय बासिन्दा, नागरिक समाज तथा जनप्रतिनिधिहरूबाट निरन्तर गुनासो आइरहेका थिए। ती गुनासोलाई गम्भीरतापूर्वक लिँदै मधेस प्रहरी प्रमुख गोबिन्द थपलियाले आन्तरिक समीक्षा तथा निगरानीपछि यस्तो निर्णय लिएको हो।
प्रहरी नायब महानिरीक्षक (डिआइजी ) गोबिन्द थपलियाले घुमुवा प्रहरी हटाइएको विषय पुष्टि गर्दै भने, ‘मधेस प्रदेशका केही जिल्लामा घुमुवा प्रहरीको गतिविधिबारे जनस्तरबाट गम्भीर गुनासो प्राप्त भएको थियो।
प्रहरी संगठनप्रति जनविश्वास कमजोर हुने कुनै पनि गतिविधि सह्य हुँदैन। त्यसैले प्रारम्भिक छानबिन र मूल्यांकनपछि ८ जिल्लाबाट घुमुवा प्रहरी हटाउने निर्णय गरिएको हो।
आठौं जिल्ला मध्य सबै भन्दा खराब प्रवृत्ति पर्सा, बारा, सप्तरी, अनि धनुषा परेको छ ।पर्सामा भने घुमुवा को नाममा अबैध असुलीले गर्दा पर्सा जिल्लामा मात्र नभई मधेस प्रदेश प्रहरी प्रमुखलाई समेत विवादमा तान्न्न खोजीएको हुन्छ ।
केही दिन अघि ए टु जेड समाचार मा समेत समाचार प्रकाशित हुँदा यो विषयबारे जानकारी गराएर यो काम भएको डिआईजी थपलियाले बताउनु भयो । उनले ती ३१ जना घुमुवा प्रहरीलाई आफ्नो दरबन्दी खटाईएको तथा कार्बाही समेत गरिएको जान्कारी दिए ।
उनका अनुसार घुमुवा प्रहरीको अवधारणा नै दुरूपयोग भएको देखिएकाले तत्कालका लागि उक्त अभ्यास रोकिएको र अबदेखि प्रहरी परिचालन स्पष्ट जिम्मेवारी, पहिचान र कार्यक्षेत्रसहित गरिने बताएका छन् ।
‘अब कुनै पनि प्रहरी कर्मचारी बिना परिचय, बिना आदेश र बिना जिम्मेवारी फिल्डमा परिचालित हुँदैनन्,’ डिआइजी थपलियाले स्पष्ट पारेका छन सबै मातहतका प्रहरी प्रमुखहरूलाई ।
यदि कसैले अधिकारको दुरूपयोग, आर्थिक अनियमितता वा गैरकानुनी कार्य गरेको पाइएमा सम्बन्धित प्रहरी कर्मचारीमाथि विभागीय तथा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। डिआइजी थपलियाले भने, ‘कुनै प्रहरीले घुमुवाकाे नाममा असुली गरेकाे जनगुनासाे आए खबर गर्नू।’ तत्काल त्यसलाई कारबाही गर्छु बताए
स्थानीयवासी तथा समाजरुपान्तरण मा अग्रता राख्ने ब्यक्तिबाट भने मधेस प्रहरी प्रमुखको यो कदमलाई सकारात्मक तथा सम्मानजनक रुपमा लिएका छन । लामो समयदेखि घुमुवा प्रहरीको नाममा हुने दुर्व्यवहार, डरधम्की र अवैध असुलीले जनजीवन प्रभावित हुँदै आएको उनीहरूको भनाइ छ।
मधेस प्रहरी कार्यालयले आगामी दिनमा समुदाय–मैत्री प्रहरी सेवा, नियमित अनुगमन, गुनासो सुनुवाइ संयन्त्र सुदृढीकरण तथा प्रहरी आचरणमा कडाइ गर्ने जनाएको छ।
यस कदमले प्रहरी संगठनप्रति जनविश्वास बढ्ने र कानून कार्यान्वयन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। मधेस प्रदेशका पर्सासहित आठ वटै जिल्लामा खटिएका नेपाल प्रहरीका ३१ घुमुवालाई हटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले बताएको छ ।
घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि ३१ जना घुमसवाहरुलाई हटाइएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका नाममा असुली गर्नेदेखि धाकधम्की दिनेको गरेको गुनासो मधेसका जिल्लाहरूमा व्याप्त छ ।
प्रहरी संगठनभित्रै शुद्धीकरण गर्ने योजनाअनुसार ३१ घुमुवालाई हटाइएको मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले बताए ।उनका अनुसार हटाइएका घुमुवा प्रहरीको भूमिकाबारे थप आन्तरिक अनुसन्धानसमेत अघि बढाइएको छ ।


