पर्सा – जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत घुमुवा आशिस पौडेलले आतंक मच्चाउँदा पनि प्रहरी प्रमुख मुकदर्शक बनेको देखिन्छ । जिल्ला प्रहरी कार्यलय पर्सामा पर्ने क्षेत्रहरूमा दिनानुदिन चोरी तस्करी कार्य बढेको भए पनि घुमुवा पौडेल (सूचना संकलनमा खटेका) रकम असुलीमै मस्त रहने गरेको छ।
यसअघि यो कार्य बारा जिल्लामा हुने गरेको थियो । पर्सा जिल्लाभरि प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र महानगरका सामुदायिक सेवा केन्द्रहरू यस्ता सामान्य झगडाका लागि गठन गरिएका छन् ।
तर पल्सर २२० मा चडेर पर्सा जिल्लामा शान पल्ट्याएर हरेक नाका मा असुली गर्न भ्याई न भ्याई भएको देखिन्छ। प्रहरीले विभिन्न खाले अपराध नियन्त्रणका लागि योजनाहरू पनि बनाउन सकेको छैन । राजनीति दलका नेता, कार्यकर्ताहरूको दबाब पनि बढेको छ ।
प्रहरी प्रमुख काम गर्न नसकेर बिबादित उनका प्रहरी पैसा असुलेर बिबादित आखिर प्रहरी त हो फरक हुने कुरा पनि त भएन, बिबादित नै बनेर सफल हुन्छु लाग्दो हो भने ए टु जेठ समाचार कहि बिचलित नभई रिपोर्टिङ गर्ने छ । आलोचना स्विकार्नु नसक्नु नै घुमुवा प्रहरीले समग्र जिल्ला प्रहरी प्रमुख तथा पर्सा प्रहरीलाई असफल बनाउन खोज्दै छन ।
घुमुवा पौडेलले ठुला बडा तस्करीको मालसमान पक्राउ नगरी सर्वसाधारणलाई मात्र सास्ती दिने गरेको बताइन्छ । एसपी पाठकलाई समेत जानकारी नदिई बरिस्ठ सई लोकेन्द्र पण्डित को दाईने बनेर असुलीमा ब्यस्त देखिन्छन ।
ठुला बडा तस्करी गर्ने गिरोहसङ्ग मासिक रूपमा रकम बुझने गरेको र सर्वसाधारणलाई मात्र दुःख दिने गरेको स्थानीय नाम नबताउने सर्तमा बताउँछन । क्राईम शाखाका बरिष्ठ सई लोकेन्द्र पण्डितले घुमुवा आशिस पौडेललाई जिल्लाबाट हु्ने तस्करीका लाईन संचालन लागी ग्रिन सिग्नल दिएको समेत बुझ्न सकिन्छ।
तत्कालीन एसपी गौतम मिश्र रहदा पनि बदमान घुमुवा केही घुमुवाको रुपमा कार्यरत रहिसकेको हुनाले उनलाई सो क्षेत्रका तस्करहरु बारे राम्रो जानकारी रहेको भने पनि बुझिन्छ । प्रहरी जवान आशिस पौडेलको तस्करहरुसंग राम्रो चिनजान भएको कारण माथिल्लो निकायकोको सहयोगमा जिप्रका पर्सा को फेरि घुमुवा बन्न सफल भएको स्थानीय को स्रोतले बताउँछन् ।
प्रहरी प्रमुख र प्रहरी कर्मचारीले उपरीक्षक पाठकलाई असफल बनाउन जोडले लागेको देखिन्छ तर पनि प्रहरी प्रमुख पाठक अहिले सम्म खासै सफल भएको देखिदैन । प्रहरी प्रमुख पाठकले अपराध अनुसन्धान र चोरी पैठारी नियन्त्रण गर्ने प्रमुख दायित्व रहेको बताएपनि त्यो पूरा हुन् सकेको छैन ।


