जहाँ समस्या, त्यहाँ समाधान बनेका छन युवा नेता अकलेस साह

पर्सा – पकाहामैनपुर युवा सन्जालका अध्यक्ष अकलेश कुमार साहले नयाँ संविधान जारी भएसँगै देशका सामु अवशरहरुका साथै नयाँ नयाँ चुनौतीहरु पनि थपिएकोले गतिशील र निर्णय क्षमता भएको नेतृत्व चयन हुनुपर्ने धारणा राख्दै आएका छन् ।

पकाहामैनपुर गाउँपालिकामा दुईटा स्थानीय चुनाब सकिन लाग्दै छ तर बिकास भने शुन्य देखिन्छ । शिक्षा को नाम मा लुटतन्त्र मनाउदै आएको पनि बताउनु हुन्छ। ५ वडा वार्ड भएको पकाहामैनपुर पहिले जस्तो अहिले तेस्तै भन्दा फरक नपर्ला….. ।

शैक्षिकमा केही परिवर्तन देखिएन स्कुलको अवस्था हेर्दा आँखा बाट आँसु नै आउने अवस्था छ बताउनु हुन्छ।साह अहिले नजित्तै गर्दा पनि गाउँ को स्कुलमा बजेट ल्याएर बिध्यार्थी सामु आफू स्थापित हुन कैयौ कामहरु गरिरहेका छन ।

अहिले फेरि नयाँ समस्या जुर्मुराएको थियो तर केही दिन मै समस्या को समाधानमा टुङ्ग्याएर फेरि मन जितेका छन ।एस्तै भएका छन पकहा मैनपुर गाउँपालिका अन्तर्गत श्री राम चरित्र भगत माध्यमिक विद्यालय, कक्षा १० का विद्यार्थीहरूको शैक्षिक भ्रमणका लागि पालिकाले रु. १ लाख ६० हजार रकम छुट्याएको थियो ।

तर उक्त रकम अपुग भएपछि विद्यालयले विद्यार्थीहरूबाट प्रति विद्यार्थी रु. २,००० संकलन गर्ने निर्णय गरेको थियो, जसका कारण गरीब तथा आर्थिक रूपमा कमजोर विद्यार्थी भ्रमणबाट वञ्चित हुने स्थिति सिर्जना भएको थियो।

यही क्रममा युवा नेता अकलेश साहको नेतृत्वमा युवा हरुको सक्रिय पहलमा आवश्यक अतिरिक्त खर्च जुटाइयो र अन्ततः सबै विद्यार्थीहरूलाई पालिका बाट निःशुल्क शैक्षिक भ्रमण गराउने व्यवस्था मिलाइएको छ।

सक्रिय युवाहरूको यस कदमले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई शैक्षिक भ्रमणको अवसरबाट बञ्चित हुन नदिई न्यायपूर्ण र समावेशी व्यवहारको उदाहरण प्रस्तुत गरेको छ।

१६ बर्ष कटिसकेका ४० बर्ष ननागेका आँखा मा मिठा सपना अनि काधमा जिम्मेवारी बोकेका नयाँ नयाँ सोच, जोस र जागरले बेहुला र बेहुली जस्तै सजिएका अनि यथास्थिति, परिस्थिति र मनस्थितीलाइ आत्मसाथ गर्दै देश विकासको लागी गाउँ-गाउँबाट उठ्ने अनि बस्ति- बस्तीबाट उठ्ने, नेपाल आमा रोइरहदा आसु पुछिदिनको लागी जुरमुराउने बुढेउली लाग्नु भन्दा अगाडीको जमात हो युवा ।

बालबालिका मिठा सपना अनि वृद्ध आमा बुबाको सम्झानाको प्रतिनिधित्व गर्दै ढुङ्गा खाएर पनि ठाउँको-ठाउ पचाउन सक्ने शक्तिशाली अवस्था हो; युवाको अवस्था ।

भबिस्यको कर्णाधार, वर्तमानको साझेदार तथा आमुल परिवर्तनको सम्वाहक पनि हुन युवा। कुनै पनि देशको विगत, वर्तमान र भविष्य त्यस देशका नागरिकले प्राप्त गरेको शिक्षाले निर्धारण गर्ने हुदा राष्ट्र कति सक्षम अनि आत्मनिर्भर छ भन्ने कुरा त्यहाँको शैक्षिक अवस्थाले आफै बोल्ने गर्छ।

पुरानो राजनीतिक पद्धतिबाट नयाँ राज्य व्यवस्था निर्माण गर्न सकिँदैन। त्यसका निम्ति दूरदर्शी र कुशल नेतृत्व, निष्ठाको राजनीति, राष्ट्रप्रतिको वफादारिता, प्रविधिमैत्री कार्यशैली, विधिको शासनप्रतिको प्रतिबद्धता, उत्तरदायी र जिम्मेवार, सदाचार तथा नैतिकताको जगमा उभिएको नेता र नेतृत्व अहिलेको आवश्यकता हो। यही आवश्यकतालाई मनन् गरी एक परिपक्व युवा नेताका रूपमा योग्य अकलेश साह नै हुन।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु