काठमाडौँ – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान रोहित शर्मा आगामी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप २०२६ का ब्रान्ड एम्बेसेडर घोषित भएका छन्।
भारतको मुम्बईमा सम्पन्न विशेष समारोहमा आईसीसीले शर्मालाई ब्रान्ड एम्बेसेडर घोषणा गरेको हो।
एम्बेसेडर बनेपछि रोहितले भारतमा फेरि विश्वकप आयोजन हुनु आफ्नो लागि विशेष भएको बताए। उनले भने, ‘टूर्नामेन्ट भारतमा हुनु शानदार छ। यस पटक नयाँ भूमिकामा यो इभेन्टसँग जोडिन पाउनु मेरो लागि खास कुरा हो।’
रोहितले विश्वकपमा सहभागी हुने सबै खेलाडीलाई शुभकामना दिँदै भारतको आतिथ्य र अनुभव बोकेर घर फर्किने आशा व्यक्त गरे।
प्रतियोगिता २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारतमा आयोजना हुने तय छ।


