बाँके – जिल्ला प्रहरी कार्यलय बाँकेका प्रमुखका रुपमा एसपी अंगुर जिसी सरुवा भइ बाँके पुगे लगतै गुन्डागर्दी नियन्त्रण अभियानमा सक्रिय बनेका छन् । सरुवा भइ आएको केही समयमै पश्चिम नेपालको प्रमुख ब्यापारिक सहर नेपालगंज र आसपासमा हुँदै आएका गुन्डागर्दी नियन्त्रण अभियान प्रमुखताका साथ चलाउदै आएका छन।
उनले भने, “बाँकेलाई अपराधमुक्त, सुरक्षित र अनुशासित जिल्लाको रूपमा स्थापित गरेरै छोड्छु । गैरकानुनी तथा अनैतिक गतिविधि पूर्ण रूपमा बन्द गराउनेछौं । जनताको विश्वास जित्दै शान्ति–सुरक्षा मजबुत बनाउने हाम्रो मुख्य प्राथमिकता हो ।”
बाँके अति संवेदनशील जिल्ला हो। जसकारण धेरै नै चुनौतीका बाबजुद पनि विगत ३ महिनादेखि बाँके जिल्लाको कमाण्ड सम्हालिरहेका जिसिले आफ्नो कार्यकालमा समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धानमा कहिँकतै चुकेको छैनन् ।
जिल्लाको कमान्ड सम्हालेसङै एसपी अङ्गुर जिसिले अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको छ । विभिन्न अवैध कारोबारीबाटै सीमा क्षेत्रमा आपराधिक कार्य हुने गरेको भन्दै बाँके प्रहरी तस्करी नियन्त्रणमा केन्द्रित भएको हो।
त्यतिमात्र नभएर नेपाल प्रहरीले सशस्त्र प्रहरीको जिम्मेवारी समेत निर्वाह गरेको छ ।
जबकी सरकारले मुख्यतया सिमा क्षेत्रबाट हुने तस्करी र अपराध रोक्न राखेको हो सशस्त्र प्रहरीलाई । सशस्त्र प्रहरीको काम नै कुनैपनि हालतमा सिमा क्षेत्रबाट हुने तस्करी र अपराध रोक्ने नै हो । व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न जिल्लाका प्रहरी प्रहरीलाई उनले निर्देशन दिदै आएका छन् ।
साथै आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बानई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिदै आएका छन ।
प्रहरी उपरीक्षक जिसिले नागरिकलाई शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउने गरी प्राप्त जिम्मेवारीलाई नविन ढंगले सम्पादन गर्न पनि प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन ।
व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न उनले निर्देशन दिदै आएका छन ।
‘नागरिकको सुरक्षा प्रहरीको पहिलो प्राथमिकता हो । न्याय निरुपणमा कुनै किसिमको दवाब प्रभावबाट काम हुन्न । हुने छैन ।’यस्तै सीमा नाकामा हुने चोरी तस्करी नियन्त्रणमा सुरक्षा जाँचलाई कडाई गरिने पनि उहाँले बताउनु भएको थियो ।
चोरी तस्करी हुन नदिन नियमित गस्ती गर्दै हातहतियार तस्करी, कुनै पनि किसिमका अपराध नियन्त्रणमा मनोवैज्ञानिक सुरक्षा दवाव बढाईने उहाँको भनाई राखेका थिए ।
जिल्लामा हुने आपराधिक समूहको नियन्त्रण, लागूऔषध कारोबार रोकथाम, अवैध ओसारपसार नियन्त्रण, महिला तथा बालबालिकामाथि हुने हिंसामा शून्य सहनशीलता नीति तथा समुदाय–प्रहरी साझेदारीलाई अझ सुदृढ बनाउँदै अपराध नियन्त्रणलाई संस्थागत रूपमै बलियो बनाउने अनि जिरो टोलरेन्स मा काम गरेर अपराधीलाई तह लगाएका छन ।
काम गर्ने सिलसिलामा अलि अलि बाधा अड्चन आउनु स्वभाविक रहेको एसपी जिसिको बुझाइ छ । एसपी जिसि भन्छन्, ‘घटना भयो भनेर हरेस खाने होइन, त्यसलाई कसरी सुल्झाउने भन्ने पहिलो प्रश्न रहन्छ । मेरो टिमले त्यहिअनुसार काम गरेको छ र गर्छ एस्मा ढुक्क हुनुस । ‘एसपी साबले बाँकेमा तस्करी नियन्त्रण तथा रोकथाम अभियानमा आक्रमण बनेपछि उनीहरूको व्यवसायी चौपट हुन पुगेको छ,।
छिमेकी मुलुक भारतसँग जोडिएको बाँके जिल्लाको अधिकांश नाकाहरु सुरक्षाको तबरले आफैंमा संवेदनशील जिल्ला पनि हो । त्यसैले बाँकेमा चुनौतीसँगै काम गर्नुपर्ने बाध्यता निकै मानिन्छ ।


