कैलाली – इलाका प्रहरी कार्यालय चिसापानीको इतिहासमा पहिलोपटक महिला प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रमुख नियुक्त भएकी छन् ।इन्स्पेक्टर मीरा खड्काले कात्तिक ५ गतेदेखि कार्यालय प्रमुखका रूपमा औपचारिक रूपमा कार्यभार सम्हालेकी हुन् ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलबाट सरुवा भई आएकी खड्काले कार्यभार सम्हाले लगत्तै आफ्नो क्षेत्रभित्र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सक्रियता देखाएकी छन् ।
देउखुरीको दक्षिण क्षेत्रको शान्ति सुरक्षा कायम गर्ने, नागरिकको गुनासो सुन्ने र विपद् व्यवस्थापनमा महिला प्रहरीनिरीक्षक उनीहरू सफल सावित भएका छन् ।
भारतसँग सीमा जोडिएको र संवेदनशील मानिने यस भौगोलिक क्षेत्रको सुरक्षाका लागि महिला प्रहरी निरीक्षकको भूमिकाले समुदायमा विश्वास जगाएको छ । धेरै इञ्चार्जले त्यो ठाउँ देखिसकेका छन् । अहिले महिला प्रहरी निरीक्षकको कामले जता त्यतै प्रशंसा बटुलेको छ ।
यस क्षेत्रमा घरेलु हिंसा, यौनजन्य हिंसाका घटना लुकेर रहेका हुन्छन् । ती घटनालाई बाहिर ल्याउन र दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी निरीक्षक खड्काले प्रभावकारी भूमिका खेल्ने छन।
प्रहरीको मुख्य काम शान्ति सुरक्षा र समाजमा अमनचयन कायम गर्ने हो। त्यस अतिरिक्त प्रहरीका थुप्रै काम हुन्छन्। हरेक काम शान्ति सुरक्षासँग जोडिएको हुन्छ। समाजलाई सही दिशामा लैजान प्रहरीको मुख्य भूमिका हुन्छ। म पनि प्रहरीलाई शान्ति सुरक्षासँगै जोडेर हेर्छु। प्रहरी एउटा सेवामुलुक र राज्यको महत्वपूर्ण अंग हो बताउँछन्
महिला इन्स्पेक्टर होइन इन्स्पेक्टर छ भन्ने बुझ्नु होला समेत बताउदै आएकी छिन।
मेरो पहिलो काम जेनजी आन्दोलनमा लुटिएका हतियार बरामद, जेलबाट भागेका कैदी पक्राउ र लागुऔषध निर्मुल पार्नु हो ।
उनले कार्यालयको जिम्मेवारी सम्हाले यता विभिन्न निकायहरुसँग परिचयात्मक कार्यक्रम गरिरहेकी छिन् । उनले यो आफ्नो पहिलो कमाण्ड रहेको बताउँदै अवसरको रुपमा लिएको बताइन् । हामी प्रहरी भए पछि संगठनले जता पनि पुर्याउछ, आफ्नो कर्तब्य मा कमप्रमाईज गर्नु हुदैन बताउनु हुदैन बताउदै आएकी छिन ।
चिसापानीमा बेलाबेला ग्याङफाइटका घटना हुने गरेका छन् । जसकारण सुरक्षाको दृष्टिकोणले चिसापानीलाई संवेदनशिल क्षेत्र मानिन्छ ।
व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न मातहत प्रहरीलाई उनले निर्देशन दिदै छन ।
साथै आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बानई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिदै आएका छन ।सीमापार अपराध, तस्करी, आर्थिक ठगी र सामाजिक विवादका चुनौतीलाई दृष्टिगत गर्दै थपलियाले प्रहरीको उपस्थिति अझ प्रभावकारी र विश्वसनीय बनाउने योजना अघि सारेका छन्।


