मधेस – मधेस प्रदेश प्रहरी प्रमुख गोबिन्द थपलियाले ७ वटै जिल्ला शान्ति सुरक्षा को निम्ति दिनरात नभनी अहोरात्र खटिएका छन। शान्ति सुरक्षा को निम्ति थोरै पनि कम्प्रमाईज नहुने बताउँदै आएका छन।
थपलिया मधेस प्रदेश आउँदै गर्दा कहिँ न कहिँ सुधार हुने सम्भावना प्रबल देखिन्छ । मधेस प्रदेशमा थुप्रै समस्या पनि छन, चुनौती पनि छन, प्रहरी पनि सङ्गलिएर जानु पर्छ भन्न्ने कुरा मा अढिग छन।
थपलिया जिल्ला प्रहरी कार्यालय रौतहट र धनुषाको प्रमुख, लागु औषध नियन्त्रण ब्यूरो प्रमुख, मानवश्रोत विकास विभागमा शाखा प्रमुखदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश समन्वय विभागसम्म उनको यात्रा दक्षता, इमानदारी र परिणाममुखी नेतृत्वको बलियो प्रमाण हो ।
सोही क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज कार्यरत डिआईजी गोविन्द थपलियलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरिएको छ । यसअघि थपलिया रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) बनेर गइसकेका छन् । उनी मधेश प्रदेशको राजनीति, भूपरिवेश, त्यहाँ भए गरेका घटना तथा प्रदेशबारे राम्रो जानकार भएकाले उनलाई यहाँ सरुवा गरिएको बताइएको पनि बुझिन्छ ।
व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी परिचालन गर्न ८ वटै जिल्ला का प्रहरी प्रमुखलाई उनले निर्देशन दिदै छन ।
साथै आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बानई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिदै आएका छन ।
प्रहरी नायब महानिरीक्षक थपलियाले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने बताएका छन ।
मधेश प्रदेशमा होस् वा सीआईबीमा उनले आफ्नो कार्यकालमा एउटा कुशल नेतृत्वको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । त्यसैले पनि डीआईजी थपलियालाई मधेश प्रदेशमा सरुवा गर्दा प्रदेशमा हाल भड्केको शान्ति सुरक्षा कायम हुने आशा गरेर त्यहाँ पठाइएको अड्कल लगाउन सकिन्छ ।
मधेश प्रदेशमा बढ्दो सीमापार अपराध, तस्करी, आर्थिक ठगी र सामाजिक विवादका चुनौतीलाई दृष्टिगत गर्दै थपलियाले प्रहरीको उपस्थिति अझ प्रभावकारी र विश्वसनीय बनाउने योजना अघि सारेका छन्।


