बिरगंज – ६४ औ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्साल, नेपाल सरकार, राष्ट्रिय अन्तर्राष्ट्रिय सघ संस्था एवं विभिन्न निकायहरुबाट सम्मानित भइ सकेका युवा अभियान्ता हुन् राजन श्रीवास्तब।
उनी लामो समयदेखि समाजसंगै मिलेर समाजकै लागि सेवा गर्दै आइरहेका छन् । कोभिडको समयमा खान नपाएकाहरुलाइ खाना खुवाउने, औंषधीको समस्या भएकाहरुलाइ विभिन्न संघ संस्था एवम् प्रहरी संग समन्वय गरेर सामाजिक सेवामा उल्लेखिय योगदान दिएका ब्यक्ती हुन् ।
उनै राजन श्रीवास्तबले पर्सा प्रहरी प्रमुखबारे आफ्नो फेसबुक पोस्ट मार्फत यस्तो लेख्छन् ।
प्रहरी मेरो साथी 🙏
अहिले जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्भाली रहनु भएका प्रहरी उपरीक्षक सुदिप राज पाठक ज्युले बिगतका दिनहरुमा निकै चर्चा कमाएका एक इमानदार, काबिल अनुसन्धानकर्ता र निर्देशनको पालना गर्दै आएका प्रहरी अधिकृतको रुपमा चिनिने गर्दछन
अहिलेको अवस्थामा आर्थिक मन्दी चलिरहेको समयमा यदि बिरगंजको बजारको समयलाइ अलि अगाडि बढाएर सुरक्षाको कडाइमा ध्यानाकर्षण गरियो भने पकैपनी पर्सा जिल्ला वासिको लागि एउटा चमत्कार र सुनौलो उपहार नै हुने होला ।
बिरगंजको बजार राति ९-१० बजे सम्म पुरै बन्द हुने गर्दछ यदि बजारलाइ डेमोको रुपमा सप्ताहको २/३ दिन राती ११ बजे सम्म समय कायम गरेर हर्ने र त्यही अनुसार लागू गर्दै समय अवधि बढाएर अगाडि बढाउदै लगियो भने एउटा नया एक्सपेरिमेन्ट हुने होला कि ” ?
साथै महानगरको आयोजनामा रात्री बजारको पनि फेरि सुरुवात गर्दा राम्रो हुने होला जस्तो लाग्दछ ।
(मेरो आफ्नो ब्यक्तिगत सोच)



