अस्ट्रेलियामा बस्ने नेपालीहरुले यस बर्षको भाइटीका लगाएका छन् ।

यमपञ्चकको अन्तिम दिन आज भाइटीका पर्व अस्ट्रेलियामा रहेका नेपाली समुदायले खुशी र आत्मीयताका साथ मनाएका हो।

दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गि टीका र माला लगाइदिने र दाजुभाइहरूले पनि माया र आदरका साथ दिदीबहिनीलाई टीका र उपहार दिने चलन रहेको छ।

माया, विश्वास र आत्मीय सम्बन्धको प्रतीक यो पवित्र पर्वले परदेशमा रहेका नेपालीबीच पारिवारिक एकता र सांस्कृतिक भावनालाई अझ सुदृढ बनाएको छ।



