प्रहरी निरीक्षक चौलागाईंको बिदाई

पर्सा – वडा प्रहरी कार्यलय बिर्तामा कार्यरत प्रहरी निरीक्षक निरोज चौलागाईंलाई सम्मानसहितलाई विदाई गरिएको छ । डेढ वर्षदेखि त्यहाँ कार्यरत उनलाई विवाद रहित विदाई गरेको हो ।

उनले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा समेत बधाई दिँदै भावी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको थियो । उनी अपराध अनुसन्धानमा विशेष दखल राख्ने र अनुसन्धानलाई टुंगोमा पुर्याउने सफल इन्स्पेक्टरको रुपमा चिनिन्छन् ।

पर्सा जिल्लाको वडा प्रहरी कार्यालय बिर्तामा प्रमुख पदमा कार्यरत रहि यश क्षेत्रमा शान्ति सुरक्षा, अपराध अनुशन्धान तथा नियन्त्रण , अबैध चोरी तस्करी नियन्त्रण , प्रहरी काम कार्वाही निस्पक्ष , व्यवसायिक ,ईमान्दारी , अनुसाशित र जिम्मेवारी पुर्ण रुपले उच्च मनोबलका साथ कार्य सम्पादन गर्न सफल भए।

कानुन कार्यान्वयनको सवालमा कोही कसैसँग सम्झौता नगर्ने खरो स्वभावका उनी हुन् । उनको कार्यकाल राम्रो भएको र स्थानीयले राहत महसुश गरेका कारण उनको विदाई भएपछि स्थानीयहरुले एउटा कुशल प्रहरी निरीक्षकलाई आफूहरुबाट विदाई गरेको महसुश गर्न थालेका छन्

यश क्षेत्रमा करिब १५ महिना यहाका जनताहरुको सेवा गर्न पाएको धेरै खुशी लागेको र यहाका जनताहरुले गरेको माया र सहयोग कहिल्यै नभुल्ने र सधै बिरगंजवासीलाई सम्झी रहने बताएका छन।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु