पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले नयाँ कमाण्डर प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले असोज महिनाबाट कमाण्ड सम्हालेपछि सुरक्षाको अवस्था सुधारिएको देखिएको छ।
प्रहरीका अनुसार, असोज महिनामा कार्यालयमा दर्ता भएका १०५ वटा निवेदनमध्ये ८७ वटा निवेदन फछौट गरिएको छ। हराएका मानिससम्बन्धी ४३ उजुरी परेका थिए, जसमा १२ जना हराइरहेका व्यक्तिहरू फेला पारेर सम्बन्धित परिवारलाई जिम्मा लगाइएको छ।
यस महिनामा पर्सा प्रहरीले भन्सार राजस्व छली गरेर भित्र्याइएका करिब ७ करोड रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ। प्रहरीको तथ्याङ्कअनुसार, कुल ६ करोड ८७ लाख ६२ हजार ३२१ रुपैयाँ बराबरको तस्करी सामग्री नियन्त्रणमा लिइएको हो।
तस्करी नियन्त्रणसँगै लागू औषध विरुद्धको अभियानमा पनि प्रहरीले सफलता प्राप्त गरेको छ। असोज महिनामै प्रहरीले ४३ किलो ९०० ग्राम गाँजा, ११ किलो चरेस, र ३१ ग्राम ८८० मिलिग्राम खैरो हेरोइन बरामद गरेको एसपी पाठकले जानकारी दिए।
प्रहरीले सिमावर्ति क्षेत्रमा आवशयकता अनुसार चेकजाँचमा वृद्धि गरि सिमानाका पुर्णरुपले कडाई गरेको प्रहरी प्रमुख पाठकले बताउनुभयो ।
जिल्लाको सिमानाकामा शान्ति सुरक्षा कायम गर्न स्थापना गरिएको प्रहरी चौकी र प्रहरीको निरीक्षण , निगरानी र चेकजाँच आफै गई प्रहरी उपरीक्षक पाठकले गरिरहेका छन् । गल्ति गरेको भेटिएमा तुरुन्तै कारवाही समेत गरिरहेका छन् ।
प्रहरी उपरीक्षक पाठकले पर्सा जिल्ला आएदेखि उनको काम प्रति निकटबाट निगरानी गरिएको थियो । सर्वसाधारणबाट सूचना सङ्कलन पनि गरिएको थियो ।
प्रहरी कर्मचारीहरुसङ्ग पनि बुझिएको थियो । अहिले उनले देखाएको कामको राम्रो रुपमा मुल्यांकन गरिएको छ ।


