जनताको पहिलो प्राथमिकता साथ काम गर्नु : नायब महानिरीक्षक थपलिया

मधेस – मधेस प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक गोविन्द थपलियालेले जिल्ला प्रहरी कार्यलय धनुषामा अनुगमन तथा निर्देशन दिएका छन । आ-आफ्नो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध अनुसन्धान एवम् नियन्त्रणको लागि भरपर्दो सुरक्षा रणनीति तयार गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् ।

हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्र आउनु भएका प्रहरी नायव महानिरीक्षक आज मंगलबार जिल्ला प्रहरी कार्यलय धनुषामा कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य गर्न थपलियाले उक्त कुरा बताएको छन।

प्रहरी नायब महानिरीक्षक थपलियाले नागरिकलाई शान्ति सुव्यवस्थाको प्रत्याभूति दिलाउने गरी प्राप्त जिम्मेवारीलाई नविन ढंगले सम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन ।

व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर व्यावसायिक ढंगले प्रहरी रिचालन गर्न उनले निर्देशन दिए ।

साथ आफू मातहतका प्रहरी कर्मचारीहरूलाई थप अनुशासित र उत्प्रेरित बनाई शिष्ट आचरण एवम् व्यवहारका साथ नागरिक सेवामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

Forbes

सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने बताए । महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखि जनपक्षीय काम गर्न उनले आग्रहसमेत गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु