काठमाडौं – असोज १७ र १८ गतेको वर्षापछि आएको बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।
सशस्त्र प्रहरी बलको तथ्यांकअनुसार सोमबारसम्म १९ जना पुरुष, २६ महिला र १५ नाबालकले ज्यान गुमाएका छन् ।
इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको मृत्यु भएको छ । यसैगरी पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठ जनाको निधन भएको छ ।
उदयुपुरमा महिला दुई र नाबालक एक गरी तीन, खोटाङमा पुरुष दुई र सुनसरीमा एक पुरुषको निधन भएको छ ।
रौतहटमा एक महिला र दुई नाबालक गरी तीनजना, मोरङ, सिन्धुली र महोत्तरीमा एक/एक महिलाको निधन भएको छ ।
यस्तै, सिन्धुपाल्चोकमा एक नाबालकको ज्यान गएको छ भने काभ्रेपाञ्चोकमा दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।


