महेश बस्नेतलाई फेसबुक बाटै दिइन रन्जुदर्शनाले सुझाव

एटुजेड समाचार

काठमान्डौं – एमाले नेता महेश बस्नेतमाथि सरकारबाटै मुद्दा दायर भएको विषयलाई षड्यन्त्र भन्नु गलत भएको युवानेत्री रन्जु दर्शनाले टिप्पणी गरेकी छन्।

उनले बस्नेतका भनाइ र सामाजिक सञ्जाल पोस्टहरूले सहानुभूति होइन, जनतामा थप रिस र घृणा मात्र पैदा गरिरहेको भन्दै सुधारसहित आत्मलोचनामा ध्यान दिन आग्रह गर्दै लेखेकी छिन्,

महेश बस्नेत ज्यू,तपाईमथि आधिकारिक मुद्दा सरकार बाटै चलाईँदा त्यो षडयन्त्र हुने र भविष्यमा चुन चुनके बदला लिन्छु, कानुनी बाटो खोज्छु भनेको चाहि षडयन्त्र नहुने ? यो त गलत हो, तपाई हरेक दिन शहिद तथा घाईते जेन जी र उनका परिवार माथि अपमान हुनेगरि बोलिरहनु भएको छ१ बिन्ति त्यसो नगर्नुस्

पार्टी पुनर्गठन गर्ने, नेतृत्व हेरफेर गर्ने, आत्मलोचना गर्ने, सुधारिएर काम गर्ने प्रण लिए मात्र नेपाली जनताले बुझ्नेछन्। तपाईको बोलिहरू र फेसबुक पोस्टहरूले मानिसहरूको मनमा दया, सहनाभूति होईन, थप रिस र घृणा मात्र पैदा गरिरहेको छ। बन्द गर्नुस् अब। केहि समय शान्त रहनुस्, आराम गर्नुस्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु