जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने र सहज उपचार उपलब्ध गराउने निर्णय

एटुजेड समाचार

काठमाडौं –  सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गर्ने र जेनजी क्लिनिकमार्फत सहज उपचार उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घाइतेहरूलाई राहत उपलब्ध गराउन प्राविधिक समिति पनि बनाएको छ ।प्राविधिक समितिले घाइतेहरूको वर्गीकरण गर्ने र सोही आधारमा राहत वितरण पनि गरिने मन्त्री खरेलको भनाइ छ । जेनजी क्लिनिकमार्फत सहज र निशुल्क उपचारका लागि फोकल पर्सन तोक्ने निर्णय समेत सरकारले गरेको छ । बैठकले ऊर्जामन्त्री कुलमान घिसिङको भारत भ्रमण स्वीकृत गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु