चितवन – ईलाका प्रहरी कार्यालय टाडी चितवन प्रमुखको कमाण्ड प्रहरी नायब उपरीक्षक (डिएसपी) सुबास भट्टले सम्हालेका छन् । हिजो आइतबारदेखी डिएसपी भट्टले इलाका प्रहरी कार्यालय टाडीको कमाण्ड सम्हालेका हुन् ।
प्रहरी प्रधान कार्यालयले सरुवा गरेको केहि दिन पछाडि हिजो आइतबार मात्र डिएसपी भट्ट प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।
इलाका प्रहरी कार्यालय टाडीमा हाजिर भएका डिएसपी भट्टलाई प्रहरी निरीक्षक सहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।
इप्रका को कमाण्ड सम्हाल्दै डिएसपी भट्टले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिएका छन् ।


