परिसरबाट हटाईए अधिकारी, अहिलेको माहोल सम्हाल्न सक्लान त थापा ?

काठमाडौं  – प्रहरी सेवामा स्पष्ट धार र परिणाममुखी शैलीका रुपमा चिनिने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले काठमाडौंको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका छन् ।

नेपाल प्रहरीको ‘प्रहरी मेरो साथी’ नाराका उनी अवधारणाकर्ता हुन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी नेपाल प्रहरीभित्र शान्त, इमान्दार र उत्कृष्ट नेतृत्व क्षमताका लागि चिनिन्छन्। हाल काठमाडौं प्रहरी प्रमुखको रुपमा कार्यरत एसएसपी अधिकारी कानुन र शान्ति सुरक्षाको क्षेत्रमा आफ्नो दृढ अडान र नेतृत्वले परिचित छन्।

एसएसपीमा बढुवा भएपछि विश्व अधिकारीलाई काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा गरियो। काठमाडौंमा उनको कार्यकाल विवाद र चुनौतिहरुले भरिएको थियो। राजावादीहरुको आन्दोलन र शिक्षकहरुको आन्दोलनजस्ता सार्वजनिक प्रदर्शनहरुलाई व्यवस्थापन गर्दै उनले संयम र जिम्मेवारीका साथ नेतृत्व गरे।

तर पनि गत २३ भदौ गते भएको जेन-जी प्रदर्शन प्रहरीबाट भएको दमनका क्रममा विद्यार्थीसहित १९ जना मारिएका थिए। भदौ १४ गते विध्वंशात्मक प्रदर्शन हुँदा मर्नेको संख्या ७३ पुगेको छ । प्रदर्शनका कम्तीमा तीन प्रहरी पनि ज्यान गुमाएका छन् ।

भदौ २४ गते प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, शीतल निवास, बालुवाटारसहित अधिकांश केन्द्रीय नेताको घर ध्वस्त पारेका थिए । त्यही घटनापछि काठमाडौँको नेतृत्व फेरिने चर्चा थियो । तर आज आएर सरुवा भयो। २०८१ चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा दुई जनाको ज्यान जाने गरी भएको घटना हुँदा पनि अधिकारी नै काठमाडौँ प्रहरी प्रमुखका रुपमा थिए ।

Forbes

यसै गरि प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई भने राजधानी जस्तो संवेदनशील क्षेत्रमा कमाण्ड सम्हाल्नु अवसरसँगै ठूलो चुनौती पनि हो । काठमाडौं उपत्यका अहिले अपराध, आन्दोलन र राजनीतिक दबाबले संवेदनशील बनेको छ ।

यस्तो अवस्थामा राजधानी प्रहरीको जिम्मेवारी लिनु सजिलो छैन । तर थापाको विगतको अनुभवलाई आधार मानेर संगठनभित्र उनीबाट ठूला अपेक्षा राखिएको छ ।

जनताको सुरक्षा सुनिश्चित गर्न र प्रहरीप्रति विश्वास बढाउन उनले गर्ने कदम आगामी दिनमा राजधानीको शान्ति–सुरक्षासँगै उनको व्यक्तिगत छविको लागि पनि महत्वपूर्ण हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु