पर्सामा घुमुवाद्वारा दिनदिनै दुख दिरहेको गुनासो बढ्न थाले

पर्सा – ईलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत घुमुवाहरुले आतंक मच्चाउँदा पनि प्रहरी प्रमुख मुकदर्शक बनेको स्थानियहरुले गुनासो गरिरहेका छन् । ईलाका प्रहरी कार्यालय पोखरिया मातहातमा पर्ने क्षेत्रहरूमा दिनानुदिन चोरी तस्करी कार्य बढेको भए पनि इलाका प्रहरी कार्यालय पोखरियाका घुमुवाहरु (सूचना संकलनमा खटेका) रकम असुलीमै मस्त रहने गरेको स्थानियहरु बताउछ्न्।

“रकम असुली गरेर पनि सामान सामत्ने थर्काउने मोटरसाइकल र मान्छेलाई नै भित्र हालिदिन्छु” जस्ता अभिव्यक्ति दिएर हिडेको सुचना ए टु जेड समाचारका सम्बादाता सुनिल श्रेष्ठलाई पटक पटक जान्कारी आइरहेको छ ।

शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरी चोरी तस्करीमा संलग्न हुन थालेपछि चोरी तस्करी बढनु पनि स्वाभाविक भनि स्थानियहरुले आक्रोश पोख्न थालेका छन् । इलाका प्रहरी कार्यालय पोखरीयामा कार्यरत रहेका प्रहरी जवान रामाकान्त पासवानले आफ्नो क्षेत्रमा आतंक नै मचाएको भएपनि कार्यालय प्रमुख प्रहरी निरिक्षक स्वरूप शर्मालाई जानकारी भए पनि मौन धारण गरेर बसेको बुझिन्छ।

आर्थिक प्रलोभनमा परेका नेपाल प्रहरीको घुमुवाले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समुहका मुख्य नाइकेहरूसङ्ग मेलमिलाप गर्न थालेपछि चोरी तस्करी बढेको पाइएको छ इलाका प्रहरी कार्यलय पोखरिया पर्सा मा।

ठुला बडा तस्करहरुसङ्ग मासिक रूपमा घुमुवाद्वय चन्दा उठाएर कार्यलय प्रमुख शर्मालाई बुझाउने गर्दछन । ईलाका प्रहरी कार्यालय पोखरिया मातहातमा पर्ने भिस्वा, आसवारी, मिर्जापुर, जानकिटोला,पाडेपुर, सबैठवा, धोरे, खेस्राहा, अमरपट्टि, बर्वा, प्रसौनिभठ्ठा, टिहुकि, बुडगाइ लगायतको क्षेत्रहरूबाट तस्करहरू सल्बलाएका मात्र छैन ईलाका प्रहरी कार्यलय पोखरिया पर्सामा अहिले विभिन्न खाले समस्या लिएर आउनेहरूको भीड बढेको छ । ससाना समस्याहरूलाई पनि ईप्रका- पोखरिया आएर पञ्चायती गर्ने प्रचलन भीड बढेको हो ।

Forbes

यसअघि यो कार्य बारा जिल्लामा हुने गरेको थियो । पर्सा जिल्लाभरि प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र महानगरका सामुदायिक सेवा केन्द्रहरू यस्ता सामान्य झगडाका लागि गठन गरिएका छन् तर पनि ईप्रका पोखरिया पर्सामा आएर भीड लगाउने प्रवृत्ति बढेसँगै बिचौलियाहरूको चहलपहल पनि बढेको देख्न सकिन्छ ।

ईप्रकामा अहिले धेरैजसो महिला हिंसाका घटना, जग्गा खिंचलो, झैंझगडा, लेनदेनजस्ता विवादहरूको पञ्चायती हुने गरेको छ । प्रहरीले विभिन्न खाले अपराध नियन्त्रणका लागि योजनाहरू पनि बनाउन सकेको छैन । राजनीति दलका नेता, कार्यकर्ताहरूको दबाब पनि बढेको छ ।

घुमुवाद्वयले ठुला बडा तस्करीको मालसमान पक्राउ नगरी सर्वसाधारणलाई मात्र सास्ती दिने गरेको बताइन्छ ।
ठुला बडा तस्करी गर्ने गिरोहसङ्ग मासिक रूपमा रकम बुझने गरेको र सर्वसाधारणलाई मात्र दुःख दिने गरेको स्थानीय नाम नबताउने सर्तमा सुचना बताउँछन ।

ईलाका प्रहरी कार्यालय पोखरियाको घुमुवाद्वयको बिषयमा पटक–पटक प्रहरी निरीक्षक स्वरूप शर्मालाई गुनासो गर्दा समेत केहि वास्ता नदेखाएको आरोप स्थानीयले लगाएका छन । उनका अनुसार घुमुवा अपराधीहरूलाई पक्राउ गर्न र सूचना संकलनका निम्ति खटाउन मिल्ने भएपनि नियम विपरीत घुमुवामा परिचालन भएको बताए ।

बदमान घुमुवा केही बर्ष अगाडि पोखरियामा घुमुवाको रुपमा कार्यरत रहिसकेको हुनाले उनलाई सो क्षेत्रका तस्करहरु बारे राम्रो जानकारी रहेको भने पनि बुझिन्छ । सहायक हवल्दार श्रीलाल मण्डलको तस्करहरुसंग राम्रो चिनजान भएको कारण माथिल्लो निकायकोको सहयोगमा ईलाका प्रहरी कार्यालय पोखरीयाको घुमुवा बन्न सफल भएको स्थानीय को स्रोतले बताउँछन् ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले पटक पटक ब्रेफिङ्ग गरे पनि मातहतका प्रहरी प्रमुख र प्रहरी कर्मचारीले उपरीक्षक मिश्रलाई असफल बनाउन जोडले लागेको देखिन्छ तर पनि प्रहरी प्रमुख मिश्र अहिले सम्म सफल नै भएका छन त्यहीँ पनि मातहत प्रहरीलाई ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु