माडी – नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान चितवनको दोस्रो भेलाले नेकपा माओवादि केन्द्रका नेता ऋषिराम काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
भरतपुरमा (मंगलबार) सम्पन्न दाेस्राे भेलाले उपाध्यक्षमा लक्ष्मी ढकाल, सचिवमा सुमन बराल, कोषाध्यक्षमा सागर अधिकारी, सहसचिवमा पारस बाबु बि.क. चयन गरेकाे हाे । त्यस्तै, सदस्यहरूमा सुदिप सुवेदी, सुवास तिवारी, नरहरी घिमिरे, भीम लामिछाने, श्यामकुमार प्रधान, जानकी काफ्ले, आमन्त्रित सदस्यहरुमा सन्तराम महताे, रामबन्धु पोखरेल र हरिकृष्ण पौडेल चयन हुनुभयाे ।
कार्यवाहक अध्यक्ष एवं संस्थाका उपाध्यक्ष ऋषिराम काफ्लेको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ईश्वरी प्रसाद भट्टराईकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
प्रतिष्ठानले मार्गदर्शनका रूपमा अग्रजहरूको योगदानलाई सम्मान गर्दै निरन्तरता दिने, वैचारिक गहिराइ र शिक्षालाई जोड्ने, मागी–ठगी संस्कृतिको अन्त्य गर्दै श्रम र आत्मनिर्भर संस्कृतिको निर्माण गर्ने, कम्युनिस्ट संस्कार र संस्कृतिको संस्थागत अभ्यासलाई निरन्तरता दिने र रचनात्मक र सिर्जनात्मक काममार्फत समाजलाई रूपान्तरणको बाटोमा अघि बढ्ने आत्मसात् गरिएकाे जनाइएकाे छ ।


