अष्ट्रेलिया – भिक्टोरिया राज्यको मेलबर्नमा पहिलो पटक इन्द्र जात्रा विशेष उल्लासका साथ मनाइने भएको छ। इन्द्र जात्रा नेवा गुठीको अगुवाइमा आगामी शनिबार (६ सेप्टेम्बर २०२५) डिगर्स रेष्टस्थित नेपाली बहुसांस्कृतिक केन्द्रमा मनाइन लागेको हो ।
यस पर्वमा मेलबर्नमै निर्माण गरिएको कुमारी रथ, ६ फिट अग्लो श्वेत भैरव, लाखे, पुलु किसि, धिमे बाजागाजा लगायतका आकर्षणहरु प्रस्तुत गरिनेछन्।
नेवारी परिकारसहित नेपालको झल्को दिने गरि मनाइन लागेको यस उत्सवमा हजारौँको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपाली दूतावास, भिक्टोरियास्थित कन्सुलेट, एनआरएनए, एनएभी, दिदीबहिनी समाजलगायतका संस्थाहरुको सहयोग रहनेछ । भने सरकारी मन्त्री, मेयरजस्ता अतिथिहरूको उपस्थिति हुने जानकारी दिइएको छ।
जात्रा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। जात्रा संयोजन राजन मास्के र रञ्जन बैद्यले गर्नेछन् । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने इन्द्र जात्रा सम्पूर्ण नेपालीहरूको आफ्नै उत्सव भएको बताउदै संयोजकद्वयले सबैलाई सहभागी भैदिनुहुन आह्वान समेत गरेका छन्।


