चितवन – नेपाल पत्रकार महासघ चितवनका अध्यक्ष बसन्त पराजुलीद्धारा लिखित उपन्यास ‘बखान’को आइतबार एक कार्यक्रमका बिच गृह बिमोचन गरियो ।
बखान सहकारी संस्था लिमिटेडको आयोजनामा सम्पन्न सो कार्यक्रममा बागमती प्रदेश सरकारकी सहकारीतथा गरिवि निवारण मन्त्री बिनु रायमाझि पौडेल, नेपाल पत्रकार महासघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, बखानसिंहका नाति चन्द्रध्वज गुरुङ लगाएतले संयुक्त रुपमा सो कृतिको विमोचन भएको हो ।
बखान सहकारी उपन्यासका मुख्य पात्र बखान सिंह गुरुङ्ले स्थापना गर्नुभएको नेपालकै पहिलो सहकारी हो । बखान वहुउद्देश्यीय सहकारी संस्था चितवन स्थापना गराउदा स्थानियलाई अन्न तथा ओउजारहरु खरिदमा सहयोग गरेको सस्था पनि हो ।
राजनैतिक र सामाजिक व्यक्तित्व वखान सिंह गुरुङ्लाई मुख्य पात्र बनाईएको यो उपन्यासले चितवनको बस्तिविकासको चरण, चितवनका धर्म सस्कृति तथा स्थानहरुको विवरण बखानमा बखान गरिएको छ ।
सो अवसरमा बोल्दै मन्त्री बिनु रायमाझि पौडेलले उपन्यासले सहकारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले पराजुलीद्धारा लिखित उपन्यासले बखानसिंह गुरुङको उच्च योगदानको मुल्याङकन गरेको बताउनुभयो ।
“बखान सिहको इतिहासलाई उपन्यासमा सजीव तरिकाले चित्रण गरिएको छ”, उहाँले भन्नुभयो, थप्नुभयो, “ओझेलमा परेका एक महत्वपूर्ण व्यक्तिलाई पराजुलीले उजागर गर्ने काम गर्नुभएको छ ।”
बि. सं. २०३९ सालमा कानुन तथा न्याय र भूमिसुधार मन्त्री वन्नुभएका गुरुङ्का दुई छोरा शहीद हुनुहुन्छ । सो अबसरमा गुरुङ्का नाती चन्द्रध्वज गुरुङ्ले बाजे बखान सिंह गुरुङ्को राजनैतिक यात्रा र संगै परिवारले भोगेका पिडाका बारेमा बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष देवी थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा सहकारीका प्रमुख सल्लाहाकार एबं नेपाली काँग्रेस चितवनका पूर्ब सभापति तोपमान सिंह गुरुङ, बखान सहकारीद्धारा संञ्चालीत संग्राहलयका संयोजक सोम भण्डारी, सहकारीका संञ्चालक रामशरण गैरे लगाएतले सहकारीले गर्नुपर्ने काम पराजुलीद्धारा गर्नुभएको भन्दै आभार प्रकट गर्नुभएको थियो । पुस्तकका लेखक पराजुलीले उपन्यास यथार्थ घटनामा टेकीएको र काल्पनीक जलप लगाईएको कृति भएको बताउनुभयो ।
उहाँका अनुसार नेपालको तराई क्षेत्रमा भएको बसाइँसराइ र बस्ती विकासको ऐतिहासिक पाटोलाई समेटेर लेखिएको यो बखान पुस्तकले चितवनको सामाजिक तथा राजनीतिक घटनाक्रमलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । यसले वि. सं. २००७ देखि २०४० सालसम्मका मुख्य राजनीतिक घटनाक्रमलाई न्याय दिने प्रयास गरेको पराजुलीले बताउनुभयो ।
बखान पुस्तकको मुख्य पात्रका रूपमा बखानसिंह गुरुङलाई लिइएको छ, जो प्रजातन्त्रका लागि जीवनभर लड्दा पनि ओझेलमा परेका एक योद्धाको रुपमा हुनुहुन्छ । बखानसिंहले प्रजातन्त्रको आन्दोलनमा दुई जना छोरा गुमाउनुपरेको र घरसमेत गुमाएको मार्मिक कथा यसमा समेटिएको छ ।
यो पुस्तकले इतिहास, राजनीति, संस्कृति र विकासको पाटोलाई जोडेर चितवनको एउटा महत्त्वपूर्ण समयकालको दस्तावेजका रूपमा आफूलाई उभ्याएको उहाँले बताउनुभयो । पराजुलीका यस अघि कुमाता, मोम्चो र ड्रिमी आइज प्रकाशीत भईसकेका छन् । पराजुली नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष समेत हुनुहुन्छ ।


