अष्ट्रेलिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले अष्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (ANMC) भिक्टोरियालाई १२ हजार अष्ट्रेलियन डलर सहयोग हस्तान्तरण गरेको छ।
बहुसांस्कृतिक केन्द्रलाई सहयोग गर्ने उद्देश्यका साथ भिक्टोरियामा आयोजित कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अध्यक्ष तिलक पोखरेलसहितको एएनएमसी टिमलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।
यो सहयोग भिक्टोरियामा रहेका एनआरएनए सदस्यहरूबाट संकलित रकम तथा संघले लागू गरेको “प्रति सदस्य ५ डलर बहुसांस्कृतिक केन्द्रलाई” दिने नीतिअन्तर्गत गरिएको हो। कार्यक्रममा एनआरएनए भिक्टोरियाका पदाधिकारी, स्थानीय समुदायका अगुवाहरू र एएनएमसी टोलीको उपस्थिति रहेको थियो।
एनआरएनए अष्ट्रेलियाले यस किसिमका पहलहरूले अष्ट्रेलियाभरि बहुसांस्कृतिक र सामुदायिक केन्द्रहरूको मजबूतीमा टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।


