अस्ट्रेलियामा बसेर पत्रकारिता गर्दै आएका लोकप्रिय सञ्चारकर्मी सरल गुरुङले ‘मोहोर’ चलचित्र अत्यन्त राम्रो बनेको भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् ।
उनले स्टाटसमा चलचित्र मोहर नेपाली सिने जगतकै ´मास्टर पिस` भएको बताएका छन ।
उनले स्टाटसमा चलचित्रको मात्र होईन नायक पल शाह एवम् नायिकाद्वय बेनिसा हमाल र नीति शाहको अभिनय पनि जिवन्त रहेको भन्दै खुलेर प्रशंसा गरेका छन् ।
उनी लेख्छन् ”यो सिनेमाका बारेमा बयान गर्ने शब्दै कम लाग्दैछ आज । मैले हेरेका अनगिन्ती नेपाली सिनमाहरु मध्ये मास्टर पिस हो ‘मोहर’ । कथाले छिनछिनमै सिरिङ्ग पार्छ । कलाकारहरुको अभियन यत्ति जिवन्त छ कि, पर्दामा आफै पुगे जस्तो लाग्छ । कथाका मोडहरु यसरी फेरिन्छन कि, हरेक सिनले बाधेर राख्छ । पृष्ठभूमिमा बज्ने धुनले एकाग्र बनाएर कथासंगै बगाउछ । पल शाह, बेनिशा हमाल र निति शाह पर्दामा होईन कि तपाईकै छेउमा छन् जस्तो लाग्छ । यत्ति मिलेको कथावस्तु र जिवन्त सिनेमा दिने सारा टिमलाई धन्यवाद । मैले चाहि यो मोहरलाई ५/४.८ दिए है ।


