प्रहरी उपरीक्षक बाल नरसिंह राणाको नेतृत्वमा वृक्षारोपण कार्यक्रम सम्पन्न

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। आज साउन १८ गतेका दिन कार्यालय प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाको नेतृत्वमा कार्यालय परिसरमा विभिन्न प्रजातिका बोट बिरुवाहरू रोपिएको हो ।

प्रकृति संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारको उद्देश्यले सञ्चालन गरिएको यस वृक्षारोपण कार्यक्रममा प्रहरी उपरीक्षक बाल नरसिंह राणा , प्रहरी नायब उपरीक्षक राज कुमार सिंह सहित कार्यालयका अन्य प्रहरी कर्मचारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा अम्बा,अशोक, छायाँ दिने वृक्ष, फूल र औषधीय महत्व भएका विभिन्न जातका बिरुवाहरू रोपिएका थिए।

कार्यक्रमका अवसरमा बोल्दै प्रहरी उपरीक्षक राणाले वातावरण संरक्षण र प्रहरी समुदायको सम्बन्ध सुदृढ पार्न यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने बताउनुभयो। उहाँले प्रहरी सेवा केवल सुरक्षा प्रवाहमा मात्र सीमित नरही समाजप्रति उत्तरदायी र समर्पित भई कार्य गर्नु आवश्यक रहेको समेत उल्लेख गर्नुभयो।

स्थानीय समुदाय, विद्यालय, संघ–संस्थासँग सहकार्य गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रहरी उपरीक्षक राणाले प्रतिबद्धता जनाउनुभएको छ। वृक्षारोपण कार्यक्रममा सहभागी सबैले प्रकृति संरक्षणमा जनचेतना फैलाउनुका साथै वातावरणमैत्री प्रहरी अभियानमा हातेमालो गर्नुपर्ने कुरामा जोड दिएका थिए।

Forbes

यस कार्यक्रमलाई सफल बनाउन जिल्ला प्रहरी कार्यालयका सम्पूर्ण प्रहरी कर्मचारीको सक्रिय सहभागिता रहनुका साथै वृक्षारोपणपछिको संरक्षण र निगरानीका लागि विशेष कार्ययोजना समेत तय गरिएको जनाइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु