अष्ट्रेलिया – आज श्रावण शुक्ल पञ्चमी, नाग पञ्चमीको पावन अवसरमा अष्ट्रेलियामा रहेका नेपाली समुदायले पनि श्रद्धा र भक्तिका साथ नाग पञ्चमी पर्व मनाइरहेका छन्।
घरको मूलद्वारमा नागदेवताको तस्वीर टाँसी, दूध, दुबो, अक्षता र फूल चढाई नागदेवताको पूजा गरिंदैछ।
घर-परिवारको रक्षा, रोग-व्याधिको नाश र समृद्धिको कामना गर्दै अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले परम्परागत शैलीमै यो सांस्कृतिक चाड मनाइरहेका छन्।
प्रवासमा रहे पनि आफ्नो धार्मिक तथा सांस्कृतिक मूल्यमान्यता जगेर्ना गर्दै मनाइने यस्तो पर्वले समुदायमा आस्था र एकताको सन्देश फैलाएको छ।


