तेलुगु हास्य अभिनेता फिश वेंकटको निधन

एटुजेड समाचार

भारत – तेलुगु हास्य अभिनेता फिश वेंकट (वास्तविक नाम वेंकट राज) को ५३ वर्षको उमेरमा निधन भएको छ।

मिर्गौला र कलेजो फेल भएपछि उनको अवस्था गम्भीर हुँदै गयो। उनी भेन्टिलेटरमा थिए र नियमित डायलाइसिस भइरहेको थियो।

उनकी छोरीले ५० लाख भारतीय रुपैयाँ लाग्ने मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन्, तर पैसाको अभावमा प्रत्यारोपण सम्भव भएन।

वेंकटले    ‘बेटिङ राजा’, ‘धी’, ‘बन्नी’, ‘अधुर्स’जस्ता फिल्ममा अभिनय गरेर तेलुगु फिल्म क्षेत्रमा राम्रो छवि बनाएका थिए। उनी अन्तिम पटक ‘कफी विथ अ किलर’ फिल्ममा देखिएका थिए। उनका श्रीमती र तीन छोराछोरी छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु