चर्चामा युवा नेतृत्व: भरतपुर महानगर सचिव पदमा सुमित पराजुलीको सशक्त दाबेदारी

एटुजेड समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा भरतपुर महानगरपालिकामै राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। यसैक्रममा भरतपुर महानगर समितिको सचिव पदका लागि युवा नेता सुमित पराजुली अग्रपंक्तिमा देखिएका छन्।

संगठनप्रतिको निरन्तर सक्रियता, नयाँ राजनीतिक सोच र युवाहरूलाई नेतृत्वमा ल्याउने स्पष्ट मार्गचित्रका कारण पराजुली अहिले भरतपुरका युवा तथा पाका कार्यकर्तामाझ चर्चाको केन्द्रमा छन्। “युवाको सोच र सबल नेतृत्व नै सांगठनिक रूपान्तरणको बलियो आधार हो” भन्ने भावनाका साथ अघि बढेका पराजुलीको उमेदवारीले महाधिवेशनको माहौललाई थप उत्साहप्रद बनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु