अष्ट्रेलिया – अष्ट्रेलियाली रिजर्भ बैंकले किनमेल गर्दा मास्टरकार्ड र भिसा कार्ड प्रयोग गरेबापत ग्राहकसँग लिइँदै आएको अतिरिक्त शुल्क हटाउने प्रस्ताव अघि सारेको छ।
प्रस्ताव लागू भएमा उपभोक्ताहरूले वार्षिक करिब १.२ अर्ब डलर बचत गर्ने अनुमान गरिएको छ।
बैंकका अनुसार नगद कारोबार घट्दै गएको सन्दर्भमा कार्ड भुक्तानीलाई सरल, पारदर्शी र उपभोक्ता मैत्री बनाउने उद्देश्यले यो प्रस्ताव ल्याइएको हो।
तर रेस्टुरेन्ट, क्याफे र साना व्यापारीहरूले यसले आफ्ना व्यवसायमा आर्थिक भार पर्ने भन्दै आपत्ति जनाएका छन्।
उनीहरूका अनुसार कार्ड सेवा प्रदायकहरूले लिने शुल्क यथावत रहेकाले ग्राहकबाट surcharge लिन नपाउने नियमले समस्या बढाउन सक्छ।
रिजर्भ बैंकले अहिले सार्वजनिक परामर्शको चरणमा रहेकाले व्यवसायिक पक्षको चासोलाई समेत समेट्ने बताएको छ।


