चितवन – नेपाल जर्नी संस्थाको ८ औं साधारण सभा तथा छैटौं अधिवेशन सम्पन्न भएको छ । नेपालका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपुर्ण काम गर्दै आएको संस्थाको अधिवेशनले श्रीराम गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा तेजनारायण खरेल, नारायण प्रसाद सापकोटा, सचिवमा राजेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा योगिता पिया (श्रेक) र सह सचिवमा युवराज पाण्डे चयन भएका हुन् ।



यस्तै सदस्यमा प्रज्वल श्रेष्ठ, इन्द्रमणि लामिछाने, सर्मिला अर्याल, सविता राजभण्डारी र यसोदा श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा अध्यक्ष, सचीव र कोषाध्यक्षले आफ्नो कार्यकालमा भए गरेका कामको कार्यपत्र प्रस्तुत गरेका थिए भने साधारणसभाले त्यसलाई अनुमोदन गरेको थियो ।
संस्थाका अध्यक्ष कमल प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी भरतपुर वडा नम्बर ४ का वडा अध्यक्ष अर्पण पोख्रेल रहेका थिए भने बिशिष्ट अतिथीमा वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र मणी काफ्ले रहेका थिए । कार्यक्रम भरतपुर- २ क्षेत्रपुर स्थित दियालो फुड ल्याण्डमा सम्पन्न भएको हो ।



कार्यक्रममा संस्थाका सल्लाहाकार संयोजक शिवराज लामिछाने, खेम भट्ट ,अनुगमन समितिका संयोजक बिजय सापकोटा लगाएतले मन्तव्य राखेका थिए ।