अस्ट्रेलिया – सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को टिजर बिहीबार काठमाडौंमा एक कार्यक्रममार्फत सार्वजनिक गरिएको छ।
टिजरमा अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको संघर्ष, पीडा र नेपालमा रहेका परिवारको भावनात्मक अवस्थालाई समेटिएको छ। शोभित बस्नेतद्वारा निर्देशित फिल्ममा आर ए सुरज पौडेल, विनिता कार्की, पुजा चौधरी, गणेश बुढाथोकीलगायत कलाकारको अभिनय छ।



विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खडका, दिक्पाल कार्की र उत्तम केसी देखिनेछन्। अष्ट्रेलियामा फिल्मको ६०% र नेपालमा ४०% छायांकन गरिएको हो।
निर्मातामा प्रदीप दाहाल र लक्ष्मण सापकोटा छन्। फिल्म अस्ट्रेलिया र न्युजिल्यान्डमा यो महिनाको अन्त्यदेखि प्रदर्शनमा आउनेछ भने दशैं आसपासमा विश्वव्यापी रूपमा रिलिज हुने निर्माण पक्षले जनाएको छ। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।