काठमाडौँ – यसवर्षको मनसुन प्रतिकार्यका लागि नेपाल प्रहरीको टोली स्रोतसाधनसहित देशभर तयारी अवस्थामा छन् । बिपद ब्यवस्थापन सामाखुसी नेपाल प्रहरी बाढीपहिरो, डुवान एवं विपद्मा परेका बेला तत्कालै उद्धारका लागि मनसुन प्रतिकार्य टोली तयार पारी परिचालन गरिएको जानकारी दिएको छ ।
‘जुनसुकै बेला जेसुकै हुन सक्छ । त्यो मानसिकताका साथ बस्नु पर्छ । मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ । तर, भूकम्प र आगलागीको पूर्वानुमान हुँदैन’, बिपद ब्यवस्थापन कार्यलय का प्रहरी प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक सन्तोष कुमार भट्टराई बताउनु हुन्छ ।
उनले भने, ‘हामी मनसुनको पूर्व सन्ध्यामा छौँ । मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ । त्यसको पूर्व तयारीमा हामी तयार रहनुपर्छ ।’ ‘विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ । नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ । मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ । विपदमा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्छ । हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ’, उनले भने । अहिले बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ ।
स्रोतसाधनसहित तैनाथ जनशक्तिले बाढीपहिरो र डुबानका सम्भावित इलाकामा ‘हजार्ड म्यापिङ’ गरी ती स्थानमा लामो र छोटो गस्ती गर्नुकासाथै देशभरका कार्यालयमा विपद् ‘फोकल पर्सन’ तोकेको बताउनु भयो।
‘मनसुनजन्य विपद्का लागि समयमै पूर्व सूचना गराउन र उद्दारका लागि तयार अवस्थामा बस्न जरूरी छ। यस पटक पहिलेको भन्दा नेपाल प्रहरीको बजेट बढेको भन्दै तलब, पोशाक, महँगी भत्तामा कुनै समस्या नहुने उनको भनाइ थियो
उद्धारका लागि चाहिने स्रोत–साधनदेखि जनशक्तिको पनि व्यवस्थापन गरिएको बताएको छ।जनशक्तितर्फ नेपाल प्रहरीका १० हजार ५ सय ८५ जना, खबर आएको अथवा सुचना आउन साथ ५ मिनेट मा मुब अन को अवस्थामा राखिएको वरिष्ठ उपरीक्षक भट्टराईले बताउनु भयो ।


