काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको छ । सो अवसरमा रास्वपाले पार्टी सभापति रवि लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको आरोप लगाएको छ ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले एक शुभकामना सन्देश जारी गर्दै मिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको आरोप लगाएका हुन् ।



जारी सन्देशमा उनले भनेका छन्, ‘सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई थप एकताबद्ध र दृढ भने बनाएको छ । हामी कानूनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गरिरहेका छौँ ।’