सर्लाहीमा इन्स्पेक्टर सहित ७ जना घाइते

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबिच झडप हुँदा प्रहरी निरीक्षक १ जना प्रहरी निरीक्षक र १ जना हवल्दार सहित ७ जना पब्लिक घाइते भएका छन् ।

प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्ट र सिंहले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक गणेश झडप नियन्त्रणमा लिनेक्रममा र अन्य दुई सर्वसाधारण भने आपसमा झडप हुँदा घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल लाने काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराई को नेतृत्वमा र सशस्त्र प्रहरीको समेत गरी ठुलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ । झडप नियन्त्रणमा आइसकेकाले अवस्था सामान्य बन्दै गएको ईलाका प्रहरी कार्यलय बरहथवा का प्रमुख निरन्जन भट्टराईले जानकारी दिनु भयो।

खैराटोलमा सडक विस्तार गरेर ढलान गर्नेक्रममा बिहीबार केही महिला र पुरुष मिलेर एक जना महिलालाई लछारपछार पारेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सोही दिनदेखि सडक विस्तारकै क्रममा विवाद भएर दुई पक्षबिच झडप भएको बताइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु