‘अरू अलिकति फरक कुरा’ माथि सर्जकहरूले दिए सुझाव

चितवन – समालोचक रमेश प्रभातको नवीनतम कृति ‘अरू अलिकति फरक कुरा’ माथि आफ्ना भनाइ राख्दै भरतपुरका सर्जकहरूले लेखकलाई केही सुझाव दिएका छन् । गजल मञ्च चितवनले शुक्रबार सम्पूर्ण किताब नारायणगढमा आयोजना गरेको कार्यक्रममा सर्जकहरूले सुझाव दिएका हुन् ।

अरू अलिकति फरक कुरा समालोचक प्रभातको दोस्रो निसमालोचनासङ्ग्रह हो । यसमा रहेका २९ वटा निसमालोचनामध्ये १५ वटा चितवनका सर्जकहरूका कृतिमाथिका निसमालोचना छन् । यसअघि प्रभातको निसमालोचनासङ्ग्रह अलिकति फरक कुरा प्रकाशित भएको छ ।

आयोजक संस्था गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई मञ्चका निवर्तमान  अध्यक्ष लेखराम सापकोटाले संचालन गरेका थिए । कार्यक्रममा सर्जकहरू सुरेन्द्र अस्तफल, किसान प्रेमी, गणेश श्रमण, उदय अधिकारी, सिर्जन अविरल, उपेन्द्र त्रिपाठी, विद्या भण्डारी चिराग, वसन्त पराजुली, विनोदबाबु रिजाल, सूर्यप्रकाश कँडेल, पदम अर्याल लगायतले बोलेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु