आशिष वाग्ले चौथो पटक ‘Vinnies CEO Sleepout’ मा सहभागी हुने

अस्ट्रेलिया  – एडिलेड निवासी समाजसेवी तथा व्यवसायी आशिष वाग्ले जुन १९ मा चौथो पटक ‘Vinnies CEO Sleepout’ कार्यक्रममा सहभागी हुँदैछन्।

बेघर मानिसहरूको पीडालाई बुझ्न र सहयोग जुटाउन खुला आकाशमुनि सुत्ने यो अभियानमा उनले विगत तीन वर्षमा ११ हजार डलरभन्दा बढी संकलन गरिसकेका छन्।

गत तीन वर्षमा उनले सेंट भिन्सेन्ट डे पउल सोसाइटीका लागि ११ हजार डलरभन्दा बढी रकम संकलन गरिसकेका छन्, यसपालि उनले अझ बढी सहयोग जुटाउने लक्ष्य राखेका छन्।

संकलित रकम आपतकालीन आवास, खाना, स्वास्थ्य सेवा र दीर्घकालीन समाधानका कार्यक्रमहरूमा खर्च गरिन्छ। वाग्ले भन्छन्, “घरविहीनता प्रणालीगत समस्या हो, जसको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव छ।”

👉 सहयोग गर्न: https://www.ceosleepout.org.au/fundraisers/aashishwagley/sa

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु