“जहाँ एसपी राणा त्यहाँ शान्ति सुरक्षा”

पर्सा – “जहाँ एसपी राणा त्यहाँ शान्ति सुरक्षा” नेपाल प्रहरी संगठनकै छविलाई उच्च राख्दै अनवरत रुपमा कैलाली जिल्लामा शान्ति,सुरक्षा, कायम राख्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक बाल नरसिहं राणा सफल एसपी बाल नरसिंह राणाले जिल्लालाई अपराध मुक्त बनाउन अहोरात्र खटिरहेका छन ।

जिल्लामा हुने गुण्डाराजका साथै राजनितीक आडमा हुने अपराधजन्य गतिविधिलाई सुक्ष्म अध्यन गर्दै एसपी राणा लागी परेका छन् ।

जिल्लाका गाउँटोल देखि पालिका स्तरसम्म लागुऔषध दुर्व्यसनीमा फसेका र अभिभावकसँग ४ दिने अनुशिक्षणका कार्यक्रमको समेत कार्यविधिमा चर्चा गरिएको छ ।

कार्यक्रममा ९ लाख ७६ हजार खर्च हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक बाल नरसिहं राणाले जानकारी दिए । मनोचिकित्सकद्वारा परामर्श, सहभागिको सामुहिक प्रतिवद्धता, समिति गठन,भौतिक रुपमा बसालेर पाठ्यक्रम वनाई परामर्श गर्ने जस्ता कार्यक्रम कार्यविधिमा समेटेको उनले बताए ।

उनले यो कार्यविधीले पछिल्लो समय समुदाय स्तरमा फैलिएको लागुऔषध दुर्व्यसनीको समस्या समाधानमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

Forbes

नेपाल प्रहरी संगठनकै साख: जोगाउन तल्लीन एसपी राणाले कैलाली जिल्लाको कमाण्ड सम्हालेपछी सो जिल्लाका जनताहरुले शान्ति सुरक्षाको अनुभव गरेको देखिन्छ ।
एसपी भएपछि राणाको दोश्रो इन्चार्ज हो यो, पश्चिम् मानिने कैलाली जिल्ला र त्यस अघि जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक प्रहरी प्रमुख जिम्मेवारी वहन गरेका छन् ।

छिमेकी मुलुक भारतसँग जोडिएको कैलाली जिल्लाको अधिकांश नाकाहरु सुरक्षाको तबरले आफैंमा संबेदनसिल छ, एसपी राणाछोटो समयमा कैलाली जिल्लाका स्थानीयहरुका मन-मनमा बस्न सफल भएका छन्।

विगत केही वर्षदेखि नेपाल भारत सिमानाबाट घट्दै आएका अपराध पुर्ण घटनाको नजर अन्दाज गर्दै जिल्लाका नाकाहरुबाट सम्भावित हुन सक्ने अपराधीक गतिविधि लाई सुक्ष्म अध्यन गर्दै एसपी राणाले संगठनले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै कैलाली जिल्लाका जनताहरुका साथै त्यहाँ बसोबास गर्दै आएका व्यक्तिहरुलाई उनिहरुको जिउधनको सुरक्षा कसरी दिन सकिन्छ ? भन्नेमा तल्लिन रहेको प्रष्ट पारे ।

नेपालका साथै छिमेकी मुलुक भारतका सिमा नाकाहरु मध्ये राजस्वको हिसाबले महत्त्वपूर्ण मानिने कैलाली जिल्लाका नाकाहरुमा एसपी राणाले तस्करी विरुद्ध शुन्य सहनशीलता अपनाएर काम गरेका छन् ।

कैलाली जिल्ला प्रहरीले समाजमा हुने अवाञ्छित गतिविधि मध्ये जुवातास खेल्ने- खेलाउने व्यक्तिहरुलाई निगरानीमा राख्नुका साथै अखाद्य पदार्थबाट घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरुबाट मदिरा नस्ट गर्नुका साथै मनोरञ्जनका लागि भित्र्याउने विस्फोटक पदार्थ पटका जस्ता वस्तुहरु ओसारपसार गर्न पुर्ण रोक लगाएको सुचना समेत जारी गर्दै आएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु