अस्ट्रेलिया – मेलबर्नको नेपाली समुदायमा क्रियाशील संस्था Melbourne Nepalese Community West (MNCW) मा नयाँ नेतृत्व चयन भएको छ।
हालै सम्पन्न निर्वाचनबाट बिक्रम शर्मा पगेनी अध्यक्षमा निर्वाचित भएका छन्। संस्थाको वरिष्ठ उपाध्यक्षमा प्रकाश तिमिल्सिना, उपाध्यक्षमा पुष्कर पाण्डे, सचिवमा विवेक लुइटेल, कोषाध्यक्षमा दीपा आचार्य चयन भएका छन् भने कार्यसमिति सदस्यमा राजेश जैसवाल, तिलक सापकोटा, कुमार तामाङ, जीवन विष्ट र अनिल केसी रहेका छन्।
नयाँ कार्यसमितिले मेलबर्नको पश्चिमी क्षेत्रका नेपालीहरूबीच एकता, सहकार्य र संस्कृतिको प्रवर्द्धन गर्ने अठोट लिएको छ।
अध्यक्ष पगेनीले समुदायलाई समेट्ने, युवालाई सक्रिय बनाउने र आपतकालीन सहयोगदेखि सांस्कृतिक कार्यक्रमसम्मको अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


